Sunday, June 30, 2013

अ-नागरिक


BHANU ARYAL
परिवारले उसको बिचार मा गोली दाग्यो,
समाजले उसको स्वतन्त्रतामा
तारो लगायो,
ठेकेदारले उसलाई अपजसे बनाएर 
हातहरुमा गोली मार्यो,
समयले उसलाई छिर्के हान्यो
र अनगिन्ति गोली
ठोक्यो खुट्टाहरुमा, 
प्रेमीकाले उसलाई 'रानीमहल' देखाई
र थुकि
अनि उसको भावनालाई
प्वाईन्ट ब्लाकं रेञ्जमा शुट गरी,
अनी सत्ताले उसको
अहिसां बिरुद्ध
छातिमा मेसिनगन चलायो । 


आज उसको दाह-संस्कार
सल्ला, पिपल र सति-साल
अग्निबर्षा गर्दैछन चितामा
तर.....
उसको शरिरका गोलीका प्वालहरुबाट
बिशादका बाँसुरी धुनहरु बजिरहेछन..
पर कतै शहिद-गेटबाट ओर्लेर
गंगालाल र दशरथ चन्दहरु....
धर्मभक्त र शुक्रराजहरु....
टुडीखेलमा
फेरी आत्महत्या गर्न
खरीको बोट र पासो खोजि रहेछन
हरेक संवतहरुमा
२००४, २००७, २०११, २०१७, २०३६, २०४२, २०४६, २०६३, २०......! ??

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी