Thursday, August 8, 2013

प्रजातान्तिक भन्नेको सक्कली रुप देखियो

वाइसीएलको सिको गर्दै तरुणदलको बन्द

बन्दका क्रममा प्रहरीलाई ढुंगा हान्दै बन्दकर्ता ।
नारायणगढ । गत हप्ता मात्र ए नेकपा माओवादीको सहायक संगठन योङ् कम्यूनिष्ट लिग चितवनले चितवन बन्द गरायो बन्दको क्रममा एम्बुलेन्स समेत वाइसीएलको निसानामा परे । आफ्ना पक्राउ परेका छ जना कार्यकर्ता रिहाइको माग गर्दै वाइसीएलले बन्द गर्दा सामाजिक तथा राजनीतिक रुपमा समेत विरोध भयो । त्यसको ठिक एक हप्ता पछि आँफूलाई खाँटी प्रजातान्त्रिक भन्ने नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले चितवन बन्द गराएको छ ।

अरुले बन्द गराउँदा सँधै त्यसको विरोध गर्न काँग्रेसले केही अपराधिक क्रियाकलापमा संलग्नको रिहाइको लागि बन्द सम्मको आन्दोलनमा उत्रनुलार्य सकारात्मक मान्न भने सकिँदैन् । यो घटनाले काँग्रेसको प्रजातान्त्रिक छवि जोगान असफल  भएको छ ।


नेपाल तरुण दल र नेविसंघले आह्वान गरेको बिहीबारको बन्द अराजक बन्यो । ११ वटा यातायताका साधनमाथि तोडफोड भयो । बन्दकर्ताको ढुंगा लागि केही प्रहरी तथा प्रहरीको कुटाईबाट आन्दोलनकारी घाइते भएका छन् । नेपाली काँग्रेस स्रोतका अनुसार केही ३६ जना कार्यकर्ता घाइते भएका छन् ।

तरुण दलका नगर उपाध्यक्ष नगर उपाध्यक्ष राई र कार्कीलाई विना सर्त रिहा गर्न माग गर्दै तरुणदलले जिल्ला बन्द गरेको थियो । बन्दका क्रममा विहीबार दिनभर तरुण दल, नेविसंघका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको थियो । झडपका कारण नारायणगढको शहीदचोक र पुल्चोक क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीको लाठीचार्जबाट तरुण दलका ३६ जना कार्यकर्ता घाइते भएका छन् ।

बन्द गर्न विहानै पुलचोकमा जम्मा भएका तरुण दलका कार्यकर्तालाई पक्राउ गरी प्रहरीले केही समय अवरुद्ध सडक खुलाएको थियो । विहान साढे नांै बजे पुनः काँग्रेस पार्टी कार्यालय कमलनगरबाट काँग्रेसका कार्यकर्ताहरु नाराबाजी गर्दै पुलचोकमा पुगेर सडक बन्द गराएका थिए । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको थियो ।

बन्दकाक्रममा आक्रामक शैली अपनाएको भन्दै तरुणदलका दुईदर्जन बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर र रत्ननगरबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तरुण दलका अध्यक्ष राम श्रेष्ठ, कोषाध्यक्ष विनु पौडेल, सोम भण्डारी, तरुणदल भरतपुर सभापति रोमन श्रेष्ठ, तरुण दल चितवनका सचिव रविन्द्र अधिकारी, तरुण दलका पूर्व अध्यक्ष राजेश्वर खनाल, परमेश्वर खनाल, भरत दवाडी, काँग्रेसकी जिल्ला सदस्य सरिता केसी, विनोद ढकाललगायत छन् ।

यसैबीच, बन्दकर्ताहरुले लायन्सचोक, मेनरोड, बाइपास रोडमा ६ वटा ट्रक, एक बस र एउटा कारमा तोडफोड गरी क्षति पु¥याएका छन् । यस्तै, पूर्वी चितवनको भानुचोकमा बन्द अवज्ञा गरेको भन्दै ना।३ ख ९३४६, ना।२ ख ९९५६ र ना।२ ख ७४८८ नम्वरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट तीनवटै सवारी साधनको सिसा फुटेको छ । सवारी साधन तोडफोड गर्ने नौं जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय रत्ननगरले पक्राउ गरी छाडेको छ ।

जर्वजस्ती बन्द गराउँदै जनजीवन प्रभावित गराएको भन्दै प्रहरीले नारायणगढ र टाँडीका विभिन्न स्थानबाट तरुण दलका दर्जनौं कार्यकर्ता पक्राउ गरेको थियो । बन्दका कारण छोटो तथा लामो दूरीका यातायातका साधन, शिक्षण संघसंस्था, उद्योग कलकारखाना ठप्प भएको थियो । गुण्डागर्दी र कुटपिटको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न तरुण दलले चितवन बन्दको आयोजना गरेको हो ।

भारतीय नम्बरको गाडीका नेपाली चालकलाई भरतपुरमा कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी केही सार्वजनिक अपराधमा मुद्दा चलाएको थियो । यता चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले कुनैपनि हालतमा अपराधीलाई छुट नदिने बताउनुभएको छ । उहाँले अपराधलाई राजनीतिकरण गरेर अपराधी छुटाउन दबाब आएपनि आफ्नो अडान यथावत रहने बताउनुभयो ।

“वार्तामा बस्ने काम प्रहरीको होइन राजनीतिक पार्टीहरुको हो”, प्रहरी प्रमुख कार्कीले भन्नुभयो, “हाम्रो काम भनेको अपराधलाई नियन्त्रण गर्ने हो त्यसमा कसैको दबाबमा परेर काम गरिँदैन ।”


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी