Tuesday, April 10, 2012

शिविर र हतियार मंगलबारबाटै नेपाली सेनाको मातहतमा

काठमाडौं । माओवादी लडाकू, उनीहरु बस्दै आएको शिविर र हतियार मंगलबारबाटै नेपाली सेनाको मातहतमा आएको छ ।
प्रमुख तीन दलका शीर्È नेताहरुसहित सेना समायोजन विशेÈ समितिको मंगलबार बसेको आकस्मिक बैठकले सरकारको मातहतमा रहेको लडाकूहरुको १५ वटै शिविर, हतियार भण्डारण गरिएको कन्टेनर र लडाकूलाई सेनाको मातहतमा ल्याउने निर्णय गरेको हो । बैठकले यही चैत मसान्तसम्म सेना समायोजनको काम अगाडि बढाउने भनेकामा ३० गतेसम्म नपर्खी मंगलबारबाटै समायोजनको प्रक्रियालाई अगाडि बढाएको अर्थमन्त्रीसमेत रहनुभएका समितिका सदस्य वर्षमान पुनले बताउनुभयो । मन्त्री पुनका अनुसार क्यान्टोनमेन्ट र हतियारको सुरक्षालगायत जिम्मा नेपाली सेनाले लिने र आज बुधबारबाटै समायोजनमा जाने तथा स्वैच्छिक अवकाशमा जानेहरुको वर्गीकरण थालिने छ । उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियामा देखिएका सबै डेटलकहरु खुलेका छन्, अब माओवादीले शान्ति प्रक्रिया टुङ्ग्याएन भनेर आरोप लगाउनेहरुको मुख बन्द भएको छ र अब सबै राजनीतिक दलहरु संविधान निर्माण गर्ने कार्यमा क्रियाशील हुनुपर्दछ । मन्त्री पुनले सरकार मातहत आएको माओवादी लडाकूका अस्थायी शिविर, हतियार र त्यसका आसपासको सुरक्षाको जिम्मासमेत नेपाली सेनाले लिने बताउनुभयो । उहाँले समायोजनको प्रक्रिया र स्वैच्छिक अवकाशको प्रक्रियामा कुनै अवरोध नहुने बताउनुभयो । समायोजन र अवकाशमा जाने लडाकूहरुको पुनर्वर्गीकरणका क्रममा विभिन्न शिविरमा वैद्य पÔीय लडाकूहरुले अवरोध गरेपछि माओवादी अध्यÔ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख तीन दल र मधेशी मोर्चाको बैठकमा हतियार र लडाकूलाई सेनाको मातहतमा ल्याउने प्रस्ताव गर्नुभएको थियो । प्रचण्डको प्रस्तावअनुसार नै विशेÈ समितिको आकस्मिक बैठक बसेर निर्णय भएको हो । विशेÈ समितिको बैठकले समायोजनका लागि निर्धारण केन्द्रमा समायोजन कार्य प्ररम्भ हुनुअघिसम्म अवकाश तथा रोज्ने मौका दिने र विविध कारणले समायोजनमा जान नसक्ने लडाकूहरुलाई पनि स्वैच्छिक अवकाश वा पुनःस्थापना रोज्न मौका दिने निर्णय गरेको छ । यस्तै सचिवालय संयोजक बालानन्द शर्मास“ग परामर्श गरी लडाकूहरुका लागि आचारसंहिता बनाउने निर्णयसमेत भएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी