Tuesday, May 8, 2012

मोसा तोडफोडको विरोध

नारायणगढ । मानव अधिकार संरक्षण मञ्च चितवनले मानवअधिकारकर्मी भीष्म पाठक सवार मोटरसाइकल बन्दकर्ताहरुले टाँडीबजारमा तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
परिचय खुल्ने ज्याकेट लगाइ मोटरसाइकलमा सवार भएका पाठकले आफ्नो परिचय दिँदा पनि मोटरसाइकल तोडफोड भएको मञ्चद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा बन्दकर्ताहरुलाई मानवअधिकारकर्मी चढेको गाडी तोडफोड नगर्न आग्रह गरिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी