भरतपुर । धार्मिक क्षेत्र देवघाटको विकासकामा क्रियाशील
देवघाट क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७०÷७१ को आफ्नो वार्षिक
कार्ययोजना तयार पारेको छ । गुरूयोजनाको कार्यक्रमअनुसार नै समितिले आफ्नो
वार्षिक योजना बनाएको हो ।
देवघाटमा मंगलबार आयोजित वार्षिक योजना तर्जुमा कार्यशालामा करिब १५ करोड रुपैयाँ बराबरको योजनाहरु प्रस्तावित गरिएको समितिका निमित्त प्रशासकीय प्रमुख पुष्पराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गुरूयोजनामा केन्द्रिकृत योजनाहरुलाई नै वार्षिक योजनामा पनि समेटिएको छ ।’
वार्षिक योजनामा वृद्धाश्रम, घाटेघर किरियापुत्री घर, धर्मशाला, कल्पबासलगायतको विकास योजनालाई जोड दिइएको छ । त्यस्तै जडीबुटी उत्पादन केन्द्र, लेखनाथ पार्क, विद्युत् शवदाहगृह निर्माण, मन्दिर जीर्णाेद्धार तथा संरक्षणलाई पनि वार्षिक योजनामा समावेश गरिएको छ ।
यसअघि आयोजित कार्ययोजना उद्घाटनसत्रमा समितिका अध्यक्ष खिमलाल भण्डारी, पूर्वअध्यक्ष बाबुराम घिमिरे, भुवनसिंह गुरुङ, चक्रपाणि पौडेल, शिवराज पौडेल, भोजराज भण्डारी, विष्णुहरि रिजाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment