कावासोती । थारु संघर्ष समितिको बन्द अवज्ञा गरेको भन्दै
नवलपरासीको डण्डामा मंगलबार बन्दकर्ता र बुटवलमा आयोजित आमसभामा जाँदै
गरेका यात्रुहरुबीच झडप भएको छ ।
बुटवलमा बाम्हण, क्षेत्री, दसनामी, ठकुरी, दलितलगायतको संयुक्त सञ्जालले आयोजना गरेको अञ्चल भेलामा सहभागी हुन गैँडाकोट र कावासोतीबाट गएका यात्रुहरुबीच झडप भएको थियो । झडपका क्रममा यात्रुहरुले डण्डाबजारमा रहेको थारु राष्ट्रिय संग्रहालयमा तोडफोड गरेका थिए ।
बन्द आह्वान गरेको थारु संयुक्त संघर्ष समितिले बुटवलको आमसभामा जान हिँडेका बसहरुमाथि अवरोध नगर्ने जनाए पनि युवा कार्यकर्ताले नमानेपछि झडप भएको थारु कल्याणकारिणी सभा नवलपरासीका उपाध्यक्ष सीताराम थारुले बताए ।
यात्रुहरुले थारु संग्रहालयपरिसरमा रहेको लु ५ प ८८५३ नम्बरको मोटरसाइकल जलाएका छन् । मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ । उनीहरुले ना २ ख ७९६१ नम्बरको बस, एउटा ट्रक र ना १६ प ८६१० नम्बरको स्कुटर, लु ३ प ८४३८ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् ।
आक्रोशित यात्रुहरुले बन्दकर्ता आएका दर्जनांै साइकलमा आगजनी र तोडफोडसमेत गरेका छन् । यात्रुहरुले थारु राष्ट्रिय संग्रहालयको कार्यालयको झ्यालका सिसाहरु फुटाएका छन् भने संग्रहालयपरिसरमा बनेको थारु घरको झल्को दिन बारिएको खडाइको बारसमेत जलाएका छन् ।
बन्दकर्ता र यात्रुहरुबीच ढुंगा हानाहान भएका थियो । तोडफोडका क्रममा यात्रुहरुले बन्दकर्तालाई डण्डाबाट लखेटेका थिए । थारु समुदायका विभिन्न संगठनले थारु स्वायत्त प्रदेशको माग राख्दै मंगलबार बन्दको आह्वान गरेका हुन् ।
ब्राम्हण, क्षेत्री र दसनामी समुदायहरु आफूहरुले बुटवलमा आयोजना गरेको पूर्वघोषित आमसभामा जान रिजर्भ गरेका करिब एक दर्जन बस डण्डा पुगेपछि प्रदर्शनकारीले अवरोध पु¥याएका थिए । त्यसक्रममा बन्दकर्ता र बसका यात्रुहरुबीच भनाभन भएको थियो ।
आमसभामा हिँडेको र पूर्वनिर्धारित कार्यक्रम भएकाले विनाअबरोध जानआउन पाउनु पर्ने माग गरेका थिए । घटनालगत्तै कावासोतीबाट पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

No comments:
Post a Comment
Thanx for your comment