Thursday, May 10, 2012

मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्याय र संयुक्त राष्ट्रसङ्घका आवासीय तथा मानवीय संयोजक रबर्ट पाइपरले बिहीबार यहाँ संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको सुदूरपश्चिम क्षेत्रमा जारी बन्दका कारण उत्पन्न मानवीय कार्यमा परेको नकारात्मक असरप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शान्तिपूर्ण रूपमा भेला हुने र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गर्ने क्रममा एम्बुलेन्सको आवागमन तथा खाद्यान्न र औषधिको आपूर्तिको प्रत्याभूति गर्न बन्द आयोजक तथा बन्दकर्ताहरुलाई विज्ञप्तिमार्फत उहाँहरुले आग्रह गर्नुभएको छ ।
उहाँहरुले देशमा कानुनी व्यवस्था कायम गर्ने राज्यको दायित्वलाई सम्मान गर्दै बन्द र विरोधका कार्यक्रममा संयमता अपनाउने र आवश्यक न्युनमत बल प्रयोग गर्न सुरक्षा तथा कानुन कार्यान्वयन निकायलाई आग्रह गर्नुभएको छ । विज्ञप्तिमा हिजो बुधबार नवलपरासीमा प्रहरी र प्रदर्शनकारीबीच भएको भिडन्तका सन्दर्भमा पनि गहिरो चासो व्यक्त गरिएको छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी