Thursday, May 10, 2012

सामाजिक सद्भावप्रति ध्यान दिन आग्रह

नवलपरासी । एकीकृत नेकपा माओवादी नवलपरासीका इञ्चार्ज बाला थापाले सामाजिक सद्भावप्रति ध्यान दिन आन्दोलनकारीहरुलाई आग्रह गर्नुभएको छ ।
आफ्ना माग लिएर आन्दोलन गर्ने क्रममा संयमित भएर लाग्न उहाँले आन्दोलनकारी पक्षलाई आग्रह गर्दै बुधबार नवलपरासीको डण्डामा थारु आन्दोलनकारीमाथि एक्कासि आक्रमण भएको भन्दै आपत्तिसमेत व्यक्त गर्नुभएको छ ।
एकीकृत नेकपा माओवादी अवध मधेश राज्य सचिवालय सदस्य तथा नवलपरासीका इञ्चार्जसमेत रहनुभएका थापाले जातीय मुक्तिका निम्ति आन्दोलनमा उत्रिएका थारु समुदायसँग एकातिर वार्ता र अर्काेतर्फ दमन र ज्यादती गरेको भन्दै विज्ञप्ति निकालेर भत्र्सना गर्नुभएको हो ।
वर्गीय जातीय क्षेत्रीय र लिंगीय उत्पीडनका विरुद्ध जनयुद्ध जनआन्दोलन, मधेश आन्दोलन भएको भन्दै नेपाली जनताले आमूल परिर्वतनसहितको जनसंविधान चाहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
जनतालाई नेतृत्वले पटकपटक धोका र गद्धारी गर्दै आएको उल्लेख गर्दै वैद्यपक्षका नेता थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संघीय तथा समावेशी राज्य व्यवस्था शान्ति र जनसंविधानको विरुद्ध षडयन्त्रहरु देखा परेका छन् ।’
नवलपरासी घटनाका आन्दोलकारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै माओवादीले त्यस्ता घटना नदोहोराउन प्रहरी प्रशासनसँग आग्रह गरेको छ । लोकतन्त्रकै खिल्ली उडाउने गरी प्रशाशन उत्रिएको भन्दै विज्ञप्तिमा त्यस्तो कार्य दोहोरिएमा माओवादी संघर्षमा उत्रने चेतावनी दिइएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी