Thursday, May 10, 2012

नारायणी उमाविले स्वर्णमहोत्सव मनाउने

भरतपुर । नारायणी उच्च माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेर स्वर्णमहोत्सव मनाउने भएको छ । जेठ ६ गते सो स्वर्णमहोत्सव मनाउन लागिएको हो ।
विद्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वर्णमहोत्सवका कार्यक्रमहरुका बारेमा जानकारी गराएको छ । विसं २०२० साल जेठ ६ गते नारायणी रात्रि हाइस्कुलका रुपमा स्थापित नारायणी उच्च माविलाई स्वर्णमहोत्सवका अवसरमा नारायणी नमुना उच्च माध्यमिक विद्यालय घोषणा गरिने कार्यक्रम तय भएको छ ।
सो विद्यालयमा नेत्रहीन, सुस्तमनःस्थितिलगायतका विशेष बालबालिकाहरुका लागि कक्षाहरु संचालन भइरहेका छन् । विभिन्न कार्यक्रम गरी मनाइने  स्वर्णमहोत्सवको तयारी तीव्र भएको पत्रकार सम्मेलनमा प्राचार्य पूर्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।
महोत्सवमा खेलकुद, हाजिरीजवाफ, मोटरसाइकल ¥याली, लोकगीत, नृत्य प्रतियोगिताजस्ता कार्यक्रमहरु संचालन गरिने छन् । स्वर्णमहोत्सवको मूल समारोहको उद्घाटन जेठ ६ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने विद्यालयका प्राचार्य दवाडीले बताउनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी