Thursday, May 10, 2012

चट्याङ लागेर पाँचको मृत्यु

भरतपुर । चितवन, नुवाकोट र सोलुखुम्बुमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ । पूर्वी चितवनको बछौली गाविसको झुवानीमा बुधबार राति चट्याङ लागेर १४ वर्षीय किशोरको मृत्यु भएको हो ।   
राप्तीखोलाबाट माछा मारेर घर फर्किदै गरेका सनम महतोलाई बाटोमा चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका महतोको उपचारका लागी ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै चट्याङ र करेन्ट लागेर नुवाकोटको पञ्चकन्या र चाउथेमा दुई जनाको मृत्यु भएको छ । खोलामा माछा मार्नेक्रममा पञ्चकन्या गाविसका ३२ वर्षका गोविन्द भण्डारीको मृत्यु भएको हो । उनको उपचारका क्रममा बुधबार राति जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो ।
त्यस्तै बुधबार राति परेको चट्याङ लागेर नुवाकोटको चाउथे गाविसमा ३५ वर्षकी रेली तामाङको मृत्यु भएकोे प्रहरीले जनाएको छ । यस्तै चट्याङ लागेर सोलुखुम्बुमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी