भरतपुर । बुधबार नवलपरासीको कावासोतीमा भएको झडपमा घाइते भएका छ जनालाई थप
उपचारका लागि बिहीबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । थारु संयुक्त
संघर्ष समितिले आयोजना गरेको बन्दका क्रममा कावासोतीमा रहेको थारु
संग्रहालयमा आगजनी गरेको विरोधमा प्रदर्शनमा उत्रिएका प्रहरी र
प्रदर्शनकारीबीच झडप हुँदा डेढ दर्जन घाइते भएका थिए ।
घाइतेमध्ये प्रहरीको गोली लागि घाइते भएका धनबहादुर थनेत, विशाल महतो, ताराबहादुर थनेत र महेन्द्र मगरलाई थप उपचारका लागि बुधबार नै भरतपुरस्थित चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेज ल्याइएको थियो । उनीहरुलाई भरतपुरमा उपचार हुन नसक्ने भन्दै बुधबार नै काठमाडौं रिफर गरिए पनि मौसम खराब भएका कारण हेलिकप्टर नआँउदा ढिलाइ भएको थियो ।
यसरी भरतपुरमा उपचार हुन नसकी काडमाडौं रिफर गरिएका घाइतेमा इलाका प्रहरी कार्यालय गँैडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डे, नायव प्रहरी निरीक्षक कृष्णप्रसाद खनाल रहेका छन् । उनीहरुलाई सेनाको एन ए ०५३ नम्बरको हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।
उनीहरुको हाल काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । यसैबीच कावासोतीमा बुधबार भएको घटनाबारे बिहीबार जिल्ला प्रशासन कार्यालय भरतपुरमा छलफल भएको छ । स्थानीय राजनीतिक दल, प्रहरी र प्रशासनका पदाधिकारीको बैठकले घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जातीय सद्भाव कायम गर्न सबैलाई अपील गरेको छ ।

No comments:
Post a Comment
Thanx for your comment