बुटवल, जेठ १ - पटक पटक हुने बन्दका कारण रुपन्देहीका निजी विद्यालयहरु सोमवारदेखि १५ दिनका लागि बन्द भएका छन् । निजी तथा आवासीय विद्यालय अगर्नाइजेशन प्याव्सन रुपन्देहीले जेठ १५ गते सम्म जिल्लाका निजी विद्यालय वन्द गर्ने निर्णय गरे अनुसार सवै संस्थागत विद्यालय बन्द भएका छन् ।
विभिन्न वहानामा हुने पटक पटकको वन्दका कारण विद्यार्थीको पढाईमा असर पुगेको भन्दै गर्मी विदामा कट्टा हुने गरि प्याव्सन मातहतका विद्यालयहरु वन्द गर्ने निर्णय गरिएको प्याव्सन रुपन्देहीका अध्यक्ष कृष्ण खनालले जानकारी दिनुभयो । प्याब्सनले आफू अन्तर्गतका सदस्य विद्यालयहरुमा १५ गतेसम्मका लागि विदा गर्ने तथा बाँकी विदाको हकमा विद्यालयको अनुकुलतामा विद्यालयले नै विदा निर्धारण गर्न सक्ने जनाएको छ ।vie unn.com.np
No comments:
Post a Comment
Thanx for your comment