मुम्बई, जेठ ९ (एजेन्सी)- टाइम म्यागेजिनका फिल्म समीक्षक रिचार्ड कोर्लिसले सञ्जय लीला भन्सालीको 'देवदास'लाई शताब्दीका १० उत्कृष्ट फिल्मको सूचीमा समावेश गरेका छन्। सूचीमा ब्याज लुहरम्यानको 'मुलान रुज', क्याथरिन बिगेलोको 'द हर्ट लकर', माइकल
हानाकेको 'द ह्वाइट रिबन', जेम्स क्यामेरनको 'अवतार' र आङ लीको 'क्राउचिङ टाइगर हिडेन ड्रागन' समावेश छन्।
यो खबरसँगै निर्देशक भन्साली रोमान्चित भएका छन्। 'देवदास बनेको दस वर्ष भइसक्यो तर यसको चमक गुमेको छैन। हामी यसलाई थ्रीडी संस्करणमा निकाल्ने योजना बुन्दैछौं,' भन्सालीले भने, 'भारतका समीक्षकहरुले जे कुरामा गाली गरे, कोर्लिसले त्यही कुरा रुचाए, यसलाई म आफ्नो संघर्षको ठूलो सम्मान मान्छु।' भन्सालीका अनुसार शरतचन्द्र चटोपाध्यद्वारा लिखित सन् १९१७ को उपन्यासमा आधारित 'देवदास'ले भारतबाहिर जहाँ पनि प्रशंसा कमाएको छ।
साहित्यिक कृतिमा फिल्म बनाउन आफू अझै इच्छुक रहेको भन्साली बताउँछन्। 'अर्को फिल्म पनि साहित्यिक कृतिमा बनाउनेछु र त्यसमा गीत र नृत्य प्रशस्त हुनेछ।'
No comments:
Post a Comment
Thanx for your comment