Tuesday, May 22, 2012

एकै घरका पाँच अपाङ्गलाई सहयोग

फलेवास (पर्वत) । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका पर्वतवासीले एकै घरका पाँच अपाङ्ग बालिकालाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । विभिन्न सञ्चार माध्यमबाट पाँच अपाङ्ग बालिकाको वेदनासम्बन्धी समाचार प्रकाशन तथा प्रसारण भएपछि कोरियामा बस्दै आएका पर्वतेलीले सो सहयोग उपलब्ध गराएका हुन् । पर्वतको रानीपानी गाविस–६ पत्स्यारका बलबहादुर परियारका पाँच अपाङ्ग छोरीलाई कोरियामा गठित पर्वत प्रवासी समाजको पहलमा रु एक लाख ५० हजार सहयोग प्राप्त भएको हो । नेपाल पत्रकार महासङ्घ, पर्वतको संयोजनमा भएको कार्यक्रममा उक्त रकम समाजका सचिव लक्ष्मण पुरीमार्फत अपाङ्ग बालिकाका बाबु बलबहादुर परियारलाई हस्तान्तरण गरिएको हो । अपाङ्ग बालिकाका लागि यसअघि पनि इजरायलमा रहेका नेपालीबाट रु ११ लाख सहयोग प्राप्त भएको थियो भने विभिन्न व्यक्ति तथा समाजलगायत विदेशमा गएका नेपालीले सहयोग प्रदान गर्ने क्रम जारी रहेको छ । अहिलेसम्म रु १७ लाख ५० हजार आर्थिक सङ्कलन भइसकेको बाबु परियारले जानकारी दिए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी