Tuesday, May 22, 2012

निर्वाध काम गर्ने वातावरण सिर्जना गर्न माग


बन्दका क्रममा सञ्चारकर्मीमाथि आक्रमण हुँदा स्वतःस्फुर्त काममा जाने वातावरण नभएको भन्दै मंगलबार पत्रकार महासंघ चितवनको कार्यालयमा जम्मा भएका पत्रकारहरु । 

भरतपुर । लगातारको बन्द र बन्दका क्रममा सञ्चारकर्मीमाथिको आक्रमण एवम् सवारीमाथिको तोडफोड बढ्दै गएपछि काममा जान असुरक्षाको महसुस भएको भएको भन्दै चितवनका पत्रकारहरु मंगलबार दिनभर नेपाल पत्रकार महासंघ चितवन शाखाको कार्यालयमा जम्मा भएका छन् । उनीहरुले पत्रकारहरुलाई निवार्धरुपमा काम गर्ने वातावरण निमार्णको लागि पहल गर्न पनि महासंघलाई आग्रह गरेका छन् ।

बन्दका क्रममा सञ्चारकर्मीमाथि अभद्र व्यवहार हुँदासमेत महासंघ मौन रहेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न उनीहरुले माग गरेका छन् । बन्दकर्ताहरुले पत्रकारलाई आक्रमण गर्ने र क्षमा माग्ने गरेको आरोप लगाउँदै आगामी दिनमा पत्रकारमाथि दुव्र्यवहार नहोस् भन्नेतर्फ आन्दोलनलाई लैजानुपर्ने समेत माग गरेका छन् ।
आन्दोलन कुनै जातजाति वा समुदायले गरेको बन्दका विरुद्ध नभई पत्रकारको सुरक्षाका लागि हुनुपर्ने उनको भनाइ थियो । पत्रकार महासंघ चितवनका सचिव राधेश्याम खतिवडामाथि बन्दकर्ताहरुले आक्रमण गरेको तथा पटकपटक चितवनमा पत्रकारहरुमाथि हातपात र दुव्र्यवहार बढ्दै गएको भन्दै सोमबार पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयमा नाराबाजीसहित धर्ना दिएको थियो । मंगलबार पुनः आन्दोलनलाई अगाडि बढाउने बताएको महासंघले आन्दोलन घोषणा गर्नुक
यसरी सँधै पत्रकारमाथि दुव्र्यवहार भइरहने तथा महासंघले विज्ञप्ति जारी गरेर भत्र्सनामात्र गर्ने गरेको भन्दै एक जना पत्रकारले भने, ‘हामीले कुनै समूहले गरेको बन्दको विरुद्धमा आन्दोलन गर्ने भनेका होइनौँ, हामीले त हाम्रो सुरक्षा माग गर्दै सरकारलाई दबाब दिनका निम्ति आन्दोलनलाई अगाडि बढाउनुपर्ने माग गरेका हाँै ।
’ साटो महासंघका चितवन अध्यक्ष जनक अर्यालले आफ्नो सुरक्षा आफँै गर्नुस्, महासंघले विज्ञप्तिमात्र निकाल्न सक्छ भन्ने अभिव्यक्ति दिएपछि महासंघका अध्यक्षप्रति उपस्थित पत्रकारहरु रुष्ट बनेका थिए ।
आन्दोलनको घोषणा गरेर जानुपर्ने दबाब दिइरहेका पत्रकारहरुलाई केन्द्रले आन्दोलनको घोषणा नगर्न निर्देशन दिएको भन्दै आन्दोलन घोषणा गर्दा जातीय सद्भाव खल्बलिने अध्यक्ष अर्यालले जानकारी गराउनुभएको थियो । अध्यक्षको अभिव्यक्तिपछि रुष्ट पत्रकारहरुले सोमबार गरिएको धर्ना पनि गलत थियो भन्नुपर्ने भन्दै केन्द्रलाई झक्झक्याउन आन्दोलन गर्नुपर्ने बताएका थिए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी