कीर्तिपुर, जेठ १०- त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय शिक्षालाई
समयसापेक्षरुपमा गुणस्तरीय बनाउने लक्ष्यका साथ चारवर्षे स्नातकका लागि
विज्ञान र शिक्षाशास्त्र विषयको पाठ्यक्रम तयार गरेको
अन्तर्राष्ट्रिय परिवेशअनुरुप विश्वविद्यालय शिक्षालाई गुणस्तरीय
बनाउने लक्ष्यअनुरुप विश्वविद्यालयले स्नातक तहको चारवर्षे कार्यक्रमका
लागि पाठ्यक्रम तयार गरेको हो।
विश्वविद्यालयले स्नातक तहलाई चार वर्षको बनाउने निर्णय गरिसकेको
जानकारी गराउँदै त्रिवि पाठ्यक्रम विकास केन्द्रका निर्देशक केशवकुमार
श्रेष्ठले त्यसका लागि विज्ञान र शिक्षाशास्त्रतर्फका विषयको पाठ्यक्रम
तयार भइसकेको बताए। रासस
No comments:
Post a Comment
Thanx for your comment