Tuesday, May 22, 2012

पत्रकारमाथिको दुव्र्यवहारप्रति क्षमा याचना

बन्दको क्रममा तोडफोड र आगजनी 

भरतपुर । आदिवासी जनजाति संयुक्त संघर्ष समिति चितवनले मंगलबार एक विज्ञप्ति जारी नेपालबन्दका क्रममा सञ्चारकर्मीहरुमाथि भएको दुव्र्यवहारप्रति क्षमा याचना गरेको छ । समितिका अध्यक्ष पदमबहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा पत्रकारिता क्षेत्रलाई कुनै प्रकारको अवरोध र दुव्र्यवहार गर्ने नीति आफूहरुको नभएको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै थारु संयुक्त संघर्ष समिति चितवनले पनि मंगलबारै पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै बन्दका क्रममा पत्रकारहरुमाथि भएको दुव्र्यवहारप्रति दुःख व्यक्त गरेको छ । कार्यक्रममा समितिका संयोजक विश्राम महतो र सदस्य जोगेन्द्र चौधरीलगायतले आन्दोलनमा घुसपैठ भई पत्रकारहरुमाथि आक्रमण भएको दावी गरेका छन् । उनीहरुले आन्दोलनका अबका कार्यक्रममा पत्रकारहरुमाथि अवरोध नपु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यता, बन्दकर्ताहरुले भरतपुरको गोन्द्राङमा रहेको बियर फ्याक्ट्रीमा तोडफोड गरेका छन् । २०÷२५ जनाको समूहमा रहेका व्यक्तिहरुले बन्द रहेको माउण्ट एभरेष्ट बु्रअरीभित्र जबरजस्ती छिरेर तोडफोड गरेका हुन् । तोडफोडका क्रममा भवनका झ््यालका सिसाहरु फुटेका छन् । यसैबीच नारायणगढका युवा व्यवसायीहरुले बन्दको विरोधमा नारायणगढ बजारमा मंगलबार ¥याली निकालेका छन् । बन्द हडतालले उद्योगी व्यवसायीहरुमा समस्या परेको भन्दै उनीहरुले ¥याली निकालेको जनाएका छन् । ¥यालीका क्रममा उनीहरुले बन्द हडताल रोक्न पनि माग गरेका थिए । यता, बन्दको अवज्ञा गरेको भन्दै लमजुङमा तमूवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले एउटा माइक्रोबस र मोटरसाइकलमा तोडफोड गरेका छन् । लमजुङमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द खुलाइए पनि बन्दकर्ताहरुले सोमबार राति गिलुङको टक्सारस्थित साल्मेभञ्ज्याङमा माइक्रोबस र मोटरसाइकल तोडफोड गरेका छन् । त्यस्तै बन्दकर्ताहरुले मंगलबार बिहान मकवानपुरको मनहरीमा यात्रु बसमा आगजनी गरेका छन् । रुपन्देहीको बुटवलबाट वीरगञ्जका लागि छुटेको ना ३ ख ९१६९ को रात्रि बसलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने मनहरी गाविस–४ सिम्पानीमा आगजनी गरेका हुन् । आगलागीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी