कावासोती । बन्दका क्रममा पत्रकार तथा सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नवलपरासीका पत्रिकाहरु बन्द हुने भएका छन् । पत्रकारमाथि ज्यादतीका घटना बढेको भन्दै मंगलबार बिहान कावासोतीमा भएको पत्रकारहरुको भेलाले पत्रिकाको प्रकाशन बन्द गर्ने निर्णय गरेको छ ।
नवलपरासीका विद्युतीय सञ्चारमाध्यमले मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्म समाचार प्रसारण गरेनन् । नवलपरासीमा दुईवटा पत्रिका र चारवटा एफएम रेडियोहरु सञ्चालनमा रहेका छन् ।
यस्तै रुपन्देहीस्थित सम्पूर्ण सञ्चार संस्थाले मंगलबार समाचार प्रकाशन तथा प्रसारण बन्द गरेका छन् । रुपन्देहीबाट कुनैपनि पत्रिका प्रकाशन भएनन् भने रेडियो तथा टेलिभिजनमा पनि दिनभर कुनैपनि समाचारमूलक कार्यक्रम प्रशारण नगर्ने बताएका छन् ।
No comments:
Post a Comment
Thanx for your comment