काठमाडौं । सरकारले थारु समुदायका माग र बन्दका क्रममा भएका गाडी तोडफोड तथा नवलपरासीस्थित थारु संग्रहालयमा भएको घटनाको Ôतिपूति दिर्ने सहमति भएको छ । मंगलबार सिंहदरबारस्थित शान्ति मन्त्रालयमा सम्पन्न थारु संघर्È समिति र सरकारी टोलीबीच भएको वार्तामा यस्तो सहमति भएको हो ।
चार घन्टा लामो वार्तामा बन्दमा भएका घाइतेहरुलाई निःशुल्क उपचार गर्ने, चारथान मोटरसाइकल, तीनवटा ट्याक्टर, ४२ थान साइकल र थारु संग्रहालयको Ôतिपूति सरकारले व्यहोर्ने समितिका संयोजक सन्तोÈ चौधरीले जानकारी दिए ।
त्यस्तै थारु कार्यकर्ता तथा नेताहरुमाथि लागेका झुटा मुद्दासमेत फिर्ता गर्ने सहमति भएको संयोजक चौधरीले बताए । समितिका पदाधिकारीहरुले तराईमा तीन प्रदेशकै अडान लिएपछि वार्ता आज बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
सरकारीका तर्फबाट उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, वर्Èमान पुन, महेन्द्र यादव र राधा ज्ञवाली सहभागी थिए ।
No comments:
Post a Comment
Thanx for your comment