Tuesday, May 22, 2012

चुम्बन खोज्दा चड्कन

मस्को , जेष्ठ ७ -

अब मुक्कामुक्कीमा उत्रने सेलिबि्रटीमा बलिउडका शाहरुख खान मात्रै रहेनन् । आईपीएलमा सुरक्षागार्डलाई हातपात गरेर बद्नामी कमाएका उनीलाई यो मामिलामा पछ्याएका छन् हलिउड अभिनेताले ।

अभिनेता विल स्मिथले आफ्नै एक फ्यानलाई झापड हानिदिएका छन् । आफूलाई जबरजस्ती चुम्बन गर्न खोज्ने एक पुरुष टेलिभिजन रिपोर्टरमाथि उनको आक्रोश पोखिएको हो । आफ्नो पछिल्लो फिल्म 'मेन इन ब्ल्याक ३' को मस्कोमा गर्न लागिएको पि्रमियरमा स्मिथले यस्तो दुव्र्यवहार खेपेका हुन् । युक्रेनी टेलिभिजनका ती रिपोर्टरले रेड कार्पेटमा पुगेका स्मिथको काँधमा हात राखेर च्वाँक्क म्वाइँ खाने धृष्टता गरेका थिए, प्रतिफलमा पाए चड्कन । स्मिथले तत्कालै उक्त रिपोर्टरको हात हटाउँदै बायाँ हातले चड्काएका थिए ।

हुलमुलमा व्यस्त अन्य पत्रकारले उक्त रिपोर्टरले स्मिथलाई गालामा चुम्बन गरे वा मुखमा भनेर देख्न भने पाएनन् । तीन सन्तानका बाबु स्मिथलाई पुरुषबाटै अनपेक्षित रूपमा चुम्बन प्रयास गरिएपछि गुड फ्राइडेको प्रिमियर अनुभव ब्याड बनेको हो ।

'त्यो जोकर भाग्मानी रै'छ, त्यति हुँदा पनि मैले उसलाई सकर पन्च हानिनँ,' घटनापछि बाँकी पत्रकारसँग 'अली' नायकले भने, 'क्षमा गर्नुहोला, उसले मेरो मुखमा चुम्न भ्याएको थियो ।' स्मिथले आपत्ति जनाउँदै यति भनेपछि उक्त टिभीकी क्यामेरा लेडीले 'क्षमा मागेकी' थिइन् । तर स्मिथले केही मुस्काउँदै उनलाई भने, 'होइन, केही छैन । जे भयो राम्रै भयो ।' उक्त टिभी रिपोर्टर प्रायः सेलिबि्रटीसँग पहिले पनि यसैगरी चुम्बन गर्न जाने गरेको पछि खुलेको थियो । घटनापछि उनी क्यामेरा पछिल्तिर झोक्राएर बसेका थिए ।

समलिंगीबाटै चुम्बन उपहार पाउनु केही दिनअघि मात्रै स्मिथले अमेरिकी राष्ट्रपति बाराक ओबामाले समलिंगी विवाहलाई कानुनी मान्यता दिएकामा खुलेर सहमति जनाएका थिए ।
vie: ekantipur

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी