बन्दको समाचार संकलन गर्न हिँडेका पत्रकारहरू बन्दकर्ताबाटै कुटिए, ७
जेठमा। सञ्चारमाध्यमका सवारीसाधन तोडफोड गरएि। बन्दको नेतृत्व
गररिहेकामध्ये राजकुमार लेखीले भने, "बन्दमा भिजिलान्ते प्रयोग भए। सरकारी
गुन्डा परचिालन गरयिो।" आदिवासी जनजाति महासंघका अध्यक्ष लेखीले ढाँटेको
देखेर अन्य पदाधिकारीलाई चित्त बुझ्ने कुरै भएन। महासंघका महासचिव आङकाजी
शेर्पाले तुरुन्तै स्पष्टीकरण दिए। पत्रकारलाई भेला गरेरै शेर्पा कुर्लिए,
"हाम्रो समाचार नलेख्ने पत्रकारलाई बाँकी छोडिन्न, खबरदार !" अचम्मको कुरा
त के भयो भने शेर्पा कुर्लिएपछि सडकमा बन्दको समाचार संकलन गर्न पुगेका
पत्रकारले लाठीमुङ्ग्री मात्रै खाएनन्, त्यत्तिकै सवारीसाधन पनि
क्षतिग्रस्त पारयिो। राज्य पुनःसंरचना भनेको संघीयता, संघीयता भनेको
पहिचान, पहिचान भनेको जातीयता र जातीय राज्य मूल मन्त्र मान्नुपर्ने
शेर्पाको भनाइ थियो।
शेर्पाको उत्तेजक अभिव्यक्ति र सडकमा भोगेका दुव्र्यवहारबाट आजित बनेका पत्रकारहरूले यस्ता गतिविधिको तीव्र आलोचना गरे। केही राजनीतिक दलका नेता, नागरकि समाजका अगुवा र पेसागत संघसंस्थाका प्रतिनिधिले मात्र होइन, स्वयं प्रधानमन्त्री बाबुराम भट्टराईले प्रेसमाथि भएको व्यवहारलाई लिएर बोल्नुपर्ने अवस्था आयो। त्यसैले होला, त्यसको भोलिपल्ट अर्थात् ८ जेठमा बन्दको समाचार संकलन गर्न सडकमा निस्केका कतिपय पत्रकारले बन्द आयोजकहरूका हातबाट खादा र छोयला-चिउराको स्वागत पो पाए। ग्वार्को चोकमा खादा भेटेका एक सञ्चारकर्मी भन्दै थिए, "होइन, यो के नाटक हो, अचम्मै परेँ म त !" भन्छन् नि, गनर्ेे बेला मनपरी, भन्ने बेला सरी !

No comments:
Post a Comment
Thanx for your comment