Monday, May 21, 2012

वर्षका ब्लोअप सुन्दरी

from : saptahik

आँखाले सुन्दरता खोज्छ, त्यसैले होला 'साप्ताहिक सुन्दरी'हरूको आकर्षणले निरन्तरता पाइरहेको छ। दोस्रो दशक टेक्न लाग्दा पनि साप्ताहिकको आकर्षणको केन्द्रबिन्दुमध्ये मध्यपृष्ठ नै हुनु यसको प्रमाण हो। त्यसैले पनि हामी दाबी गर्न सक्छौं, साप्ताहिकको सुन्दरीहरूसँगको नाता १८  वर्ष पुरानो छ। अब साप्ताहिक र सुन्दरी एक अर्काका परिपूरक भैसके भन्दा अतिशयोक्ति नहोला। साप्ताहिकको सुन्दरीहरूसँगको नाताका  कारण पनि पाठकहरू यसमा बाँधिएका छन्। यो अंकसँगै साप्ताहिक १८ वर्षको बालिग भएको खुसियाली मनाउँदैछ। १७ वर्षको यात्रामा  साप्ताहिकले विभिन्न ज्ञान र मनोरञ्जन पस्किँदै जाने क्रममा मध्यपृष्ठमा छाएका सुन्दरीहरूले पनि अधिकांश पाठकको मन जितिरहे। त्यसैको  प्रतिफल भन्नुपर्छ, साप्ताहिकको मध्यपृष्ठ दिनानुदिन चर्चित बन्दै गयो। मध्यपृष्ठमा छाउने मोडल वा नायिकाहरूले थप चर्चा पाउने अवसर  पाए। त्यसैले पनि मध्यपृष्ठलाई अझै आकर्षक र अर्थपूर्ण बनाउन कन्सेप्टमा आधारित तस्बिरहरूलाई महत्व दिन थालियो। प्रतिफल यो वर्ष  प्रकाशित अधिकांश तस्बिर आकर्षक हुनुका साथै पाठकहरूका लागि रुचिकर खुराक हुन पुगे।



यो वर्ष मध्यपृष्ठमा छाएका सुन्दरीहरूमध्येबाट बाइसवटा आकर्षक तस्बिरलाई सर्ट लिस्टिङ गरेपछि विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरू चलचित्र नायक तथा निर्माता भुवन केसी, लेखक ब्रजेश खनाल, एड मेकर आसिफ शाह, फोटोपत्रकार विकास रौनियार, छायाँकार विदुर  पाण्डे, संगीतकार आलोकश्री, पर्यटन व्यवसायी शरद पाण्डे, गायक तथा व्यवसायी प्रल्हाद तिमिल्सिना तथा चलचित्र निर्देशक सुरज सुब्बा  नाल्बोबाट निर्णायक मत संकलन गरियो। जसका आधारमा नायिका तथा नृत्याङ्गना सुष्मा कार्की अब्बल भएकी छिन्। गत वर्ष पनि अब्बल  ठहरिएकी सुष्माले सौराहामा हात्तीसँगै नुहाएको तस्बिरले सर्वाधिक अंक प्राप्त गर्‍यो। महेश प्रधानद्वारा खिचिएको उक्त तस्बिरका लागि  सौराहास्थित होटल पार्कल्यान्डको प्रायोजनमा पिपुल्स प्लाजामा रहेको फक्स फायर ब्युटिहोमबाट मेकअप र हेयर स्टाइल, दरबारमार्गमा  अवस्थित मिनिस्ट्री अफ स्टाइलबाट पहिरन तथा अनुपम श्रेष्ठबाट स्टाइलको सहयोग लिइएको थियो। साप्ताहिकको विशेष फोटोसुटअन्तर्गत  खिचिएको नायिका सुष्मा कार्कीको उक्त ब्लोअप अधिकांश पाठकले रुचाए। यसैगरी निर्णायकहरूको मतका आधारमा क्रमशः प्रियंका कार्की,  सिम्पल खनाल, रूपा उपाध्याय, बिनिता बराल, सभ्यता गिरी, श्वेता लामिछाने, नीता ढुंगाना, कर्शा अधिकारी, सुजिता बस्नेत, क्षितिजा शाक्य  तथा आरती आचार्य दोस्रोदेखि बाह्रौं स्थानमा रहेर साप्ताहिकको वर्ष १७ का 'उत्कृष्ट १२ सुन्दरी' बन्न सफल भए।

साप्ताहिकको मध्यपृष्ठ (ब्लोअप)लाई पाठकले हरेक साता मोबाइलको एसएमएस बक्समा क्द्य लेखेर स्पेस दिएपछि मन परेको वा नपरेको  ८०८०मा पठाउँछन्। त्यसबाट पाठकहरूको चाहना बुझ्न सजिलो भएको छ। यसपटक पाठकबाट प्राप्त एसएमएस तथा साप्ताहिक टिमको  राय सल्लाहबमोजिम 'सर्ट लिस्टिङ' गरिएको थियो।



१ सुष्मा कार्की

(तस्बिरः महेश प्रधान, प्रकाशन मितिः २०६८ फागुन २६ गते)

सुष्मा कार्कीलाई यो वर्ष निकै फापेको छ। सौराहाको राप्ती नदीमा 'इलिफेन्ट बाथ' लिइरहेको उनको ब्लोअप पाठकले मात्र होइन, निणार् यकहरूले पनि सर्वोत्कृष्ट ठहर गरे। ब्लोअपमा छर्लङ्ग देखिएको छातीमा बनाइएको उनको ट्याटुको चर्चा उनको नृत्य 'उघ्रेको चोली'कै  हाराहारीमै भयो। उक्त नृत्यका कारण सुष्मा अहिले हिटलिस्टमा छिन्। त्यसमा पनि हालै एक चलचित्रमा झन्डै ४ लाख पारिश्रमिक लिएर  अनुबन्धित भएपछि नेपाली चलचित्र नायिकाहरूमा उनको दर्जा पनि उपल्लो स्थानमा पुगेको छ।



२ प्रियंका कार्की

(तस्बिरः महेश प्रधान, प्रकाशन मितिः २०६८ पुस १ गते)

अमेरिकाबाट स्वदेश आएपछि पूर्व मिस टिन नेपाल प्रियंका कार्कीले निकै चर्चा कमाइन्। अमेरिकामै चलचित्रसम्बन्धी अध्ययन गरेर आएपछि  उनी चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' र 'थ्री लभर्स'मा नायिका भइन्। उनलाई अन्य थप चलचित्रमा पनि अनुबन्ध गरिएको छ। विज्ञापन, म्युजिक  भिडियो तथा मिडियामा छाएपछि उनको चर्चा चुलिँदै गएको छ। साप्ताहिकका लागि रोशना महाजुको हेयर डिजाइन तथा मेकअपमा  बत्तीसपुतलीस्थित बाजेको सेकुवामा खिचिएको प्रियंकालाई ब्लोअपमा कामुक एक्सप्रेसनका कारण पनि धेरैले रुचाए।



३ सिम्पल खनाल

(तस्बिरः महेश प्रधान, प्रकाशन

मितिः २०६९ बैशाख १ गते)

'म्युजिक भिडियो क्विन' का रूपमा कहलिएकी सिम्पल खनालको व्यस्तता म्युजिक भिडियोमा केही कम भएजस्तो देखिन्छ, तर यथार्थमा  सिम्पल निकै व्यस्त छिन्। म्युजिक भिडियो, विज्ञापन आदिमा उनको व्यस्तता त छँदैछ। रेडिमेड पहिरनहरूको बुटिक

'क्याट्स'की सञ्चालिका  सिम्पललाई चैतको अन्तिम साता बन्दको हल्लाका बाबजुद सीतापाइलास्थित उनको निवास पुगेर साप्ताहिकका लागि फोटोसुट गरियो।   फरक ढंगबाट खिचिएका उनका ती तस्बिरसँगै साप्ताहिकको अर्धवाषिर्क क्यालेन्डर पाठकहरूले औधी मन पराएका थिए।



४ रुपा उपाध्याय

(तस्बिरः पउल डेबेभेक, प्रकाशन मितिः २०६८ असोज २७ गते)

अमेरिकामा रहेकी रूपा उपाध्यायले स्वदेश फर्केर प्रसन्न पौडेलको चलचित्र 'मेरो बेस्टफ्रेन्ड' मा अभिनय गर्ने चर्चा थियो, तर उनी नेपाल  आएपछि दिनेश डिसीको कार्यक्रम 'खोजी प्रतिभा' को निर्णायकमै व्यस्त भइन्। चलचित्रमा अभिनय गरेर भन्दा पनि आकर्षक तस्बिरहरू  खिचाएर चर्चामा रहेकी रूपाले लस एञ्जलस सहरको सामुदि्रक किनारामा अमेरिकी फोटोग्राफर पउल डेबेभेकसँग खिचाएको बिकनी पोजले  असोज महिना साप्ताहिकको मध्यपृष्ठलाई 'गरमागरम' बनाउन मद्दत पुर्‍यायो।



५ विनिता बराल

(तस्बिरः महेश प्रधान, प्रकाशन मितिः २०६८ चैत १० गते)

'चपली हाइट फेम' नायिका विनिता बराल सर्वत्र 'हटकेक' भैरहेको समयमा होटल ग्रान्ड नलिङ्को स्विमिङ सावरमा उनको सुन्दरतालाई सेतो  सिफनको सारीमा बेरेर क्यामेरामा उतारियो। अमृत मरहट्टाको श्रृंगार तथा मिनिस्टि्री अफ स्टाइलको पहिरनमा खिचिएका बिनिताको तस्बिरले  साप्ताहिकको मध्यपृष्ठलाई आकर्षक बनायो। 'चपली हाइट'पछि सफलताको 'हाइट' उक्लिएकी विनिताले त्यसपछि साइन गरेका चलचित्र  अहिले निर्माणको क्रममा छन्।



६ सभ्यता गिरी

(तस्बिरः सञ्जय रौनियार, प्रकाशन मितिः २०६८ जेठ २० गते)

साप्ताहिकको मध्यपृष्ठमा उनले आगामी वर्ष बलिउडमा नायिका हुन लागेको संकेत दिएकी थिइन्। त्यही कुरालाई साकार पार्न दुईवटा नेपाली  चलचित्रमा सह-नायिकाको भूमिका निर्वाह गरेकी सभ्यता गिरी यतिबेला मुम्बईमा छिन्। भनिन्छ, उनी नमित कपुरको अभिनय स्कुलमा  प्रशिक्षण लिइरहेकी छिन् भने उनले त्यहाँ केही भारतीय टेलि विज्ञापनमा पनि अभिनय गरिसकिन्। भारतीय टेलिश्रृंखलाहरूमा अभिनय गर्ने  अफर आइरहे पनि चलचित्रकै नायिका हुने महत्त्वाकांक्षाका कारण तत्काल उनले त्यसतर्फ पाइला बढाएकी छैनन्।



७ श्वेता लामिछाने

(तस्बिरः स्टेफलन भेञ्जुरा, प्रकाशन मितिः २०६८ जेठ १३ गते)

हलिउडका आधा दर्जनभन्दा बढी चलचित्र, केही टेलिश्रृंखला, वृत्तचित्र आदिमा अभिनय गरिसकेकी काठमाडौं, भाटभटेनीकी श्वेता लामिछाने  हलिउडमा सक्रिय पहिलो नेपाली कलाकार हुन सक्छिन्। साप्ताहिकमा उनका बारेमा यथेष्ट जानकारीसहित मध्यपृष्ठमा ब्लोअप प्रकाशित हुँदा  अत्यधिक पाठकले सहृदयताका साथ उनको प्रशंसा गरेका थिए।



८ नीता ढुंगाना

(तस्बिरः साइबरसंसार डटकम, प्रकाशन मितिः २०६८ भदौ २३ गते)

दक्ष मोडल, कुशल नृत्याङ्गना तथा प्रतिभाशाली नायिका हुन्, नीता ढुंगाना। वर्ष ०६८ को सुरुवात र मध्यताका अनेकौं म्युजिक भिडियो तथा  चलचित्र 'मसान'मा अभिनय गरेपछि वर्षको अन्त्य भने उनका लागि त्यति फलदायी रहेन। गत फागुन महिनामा स्कुटर दुर्घटनामा परेर  अनुहारमा चोट लागेपछि उनको हातबाट केही चलचित्र गुमे। फरक गेटअपमा खिचाइएका उनका तस्बिर साइबरसंसार डटकम तथा  साप्ताहिकमा एकसाथ प्रकाशित  भएका थिए।



९ कर्शा अधिकारी

(तस्बिरः ग्ल्यामरनेपाल डटकम,

प्रकाशन मितिः २०६८ पुष २९ गते)

अस्ट्रेलियाको सिडनीमा बिजनेस एन्ड लमा ग्य्राजुएशन गरिरहेकी कर्शाका लागि मोडलिङ रहर मात्रै हो। एउटा अनलाइन पत्रिकाका लागि फो टोसेसन गराएपछि उनको यो रहर सुरु भएको हो। यद्यपि मोडलिङलाई निरन्तरता दिने वा नदिने विषयमा कर्शा मौन छिन्। उनलाई बहुराष्ट्रिय  संस्थामा चिफ एक्जिक्युटिभ अफिसर बन्नुछ। ब्लोअपमा झल्किएको उनको सौन्दर्यको प्रशंसा गर्नेहरू प्रशस्तै रहे।

१० सुजिता बस्नेत

(तस्बिरः महेश प्रधान, प्रकाशन मितिः २०६८ फागुन १२ गते)

सन् २०११ मा अमेरिकामा पहिलो पटक आयोजित 'मिस नेपाल युएसए'को मुकुट जितेपछि सुजिता विश्वभरि रहेका नेपालीहरूमाझ चर्चित  भइन्। उनको चर्चा नेपालमा पनि भयो। अमेरिकामै जन्मिएकी सुजिता उक्त उपाधि जितेपछि स्वदेश आइन्। त्यतिबेला उनले राष्ट्रपति,  उपराष्ट्रपति, प्रधानमन्त्री आदिसँग भेट्ने अवसर पाइन् भने सामाजिक सेवाका केही काम पनि गरिन्। साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित  उनको तस्बिर खिच्दा मिस नेपाल युएसए- २०११ की कोरियोग्राफर तथा नायिका प्रियंका कार्कीले कोरियोग्राफी गरेकी थिइन्।

११ क्षितिजा शाक्य

(तस्बिरः सञ्जय रौनियार, प्रकाशन मितिः २०६८ असार २४ गते)

चर्चा कम भए पनि राम्री मोडल तथा नायिकाहरूको सूचीमा पर्छिन, क्षितिजा शाक्य। सानो उमेरमै टेलिश्रृंखला 'पर्खाल'बाट अभिनय थालेकी  क्षितिजाले त्यसपछि केही चलचित्रमा मात्रै अभिनय गरिन्। फेरी उनी यो वर्ष 'सन्त्रास' र 'फोर्स' मार्फत आफ्नो पुनरागमन गर्दैछिन्।  काठमाडौंको नागपोखरीमा 'मरमेड बुटिक' सञ्चालन गरिरहेकी क्षितिजाले सन्तानकी आमा भैसकेर पनि आफ्नो सौन्दर्यमा कमी आउन  नदिएर पनि प्रशंसा बटुलेकी छिन्।

१२ आरती आचार्य

(तस्बिरः महेश प्रधान,

 प्रकाशन मितिः २०६८ माघ १३ गते)

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी