पोर्नस्टार सन्नी लिओन बलिउडमा सर्वाधिक गुगल गरिने सेलिब्रिटीको सूचीमा
परेकी छिन्, जसका कारण उनलाई भारतमा अहिले 'मोस्ट गुगल्ड सेलिब्रेटी'
भन्न थालिएको छ। यस्तो खोजीमा सन्नीले भारतीय अभिनेत्रीहरू कटरिना कैफ,
करिना कपुर तथा ऐश्वर्य राय बच्चनलाई समेत पछि पारेकी छिन्। लिओन भारतीय
टेलिभिजन च्यानल बिगबोसको पाँचौं संस्करणमा सहभागी भएपछि यो उपमहाद्वीपमा
चर्चामा आएकी हुन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार गुगलमा उनको तस्बिर
कट्रिना कैफभन्दा पाँच गुणा बढी, ऐश्वर्याभन्दा दुई गुणा तथा करिना भन्दा
नौ गुणा बढी खोजिएको-हेरिएको छ। भारतीय मूलकी क्यानाडेली नागरिक सन्नी
महेश भट्टले निर्माण गरिरहेको चलचित्र 'जिस्म -२' मा काम गरिरहेकी छिन्।
इन्डो क्यानेडियन पोर्न स्टार सन्नी लिओनलाई बलिउडको पर्दामा आइटम डान्स
गरिरहेको पनि देख्न पाइनेछ। सन्नीले एकता कपुरको रागिनी एमएमएस टु पनि
साइन गरिसकेकी छिन्। स्रोतका अनुसार अमिताभ बच्चन अभिनीत पुरानो चलचित्र
जञ्जिरको रिमेकमा सन्नीले आइटम डान्स गर्न मञ्जुरी दिएकी हुन्। त्यसो त
सन्नीले यसअघिका आइटम डान्सका प्रस्ताव नकार्दै आएकी थिइन्।
No comments:
Post a Comment
Thanx for your comment