किस गर्दा होस पुर्याइएन भने के हुन्छ ? यो प्रश्नको जवाफ नवनायिका सविना
कार्कीले राम्रैसँग दिएकी छिन्। उनले हालै एक नायकसँगको 'टङ किस' पछि
प्रतिक्रिया दिएकी छिन्— 'चलचित्रको नायकले यति लामो समय मेरो ओठ चुस्यो
कि ओठ नै सुन्नियो....।' उनको यो प्रतिक्रियाले थुप्रै प्रतिक्रिया
उत्पन्न गराएको छ। सोभित बस्नेतको चलचित्र 'दुहली रानी' मा सानो भूमिका
निर्वाह गरेर रजतपटमा उदाएकी सविनाले निर्माणाधीन चलचित्र 'एटिएम' मा
नायकसँग लामै चुम्बन दृश्य दिएकी छिन्। उक्त चलचित्र कामुक दृश्यहरूले
भरिएको बताइन्छ। चलचित्रमा चुम्बन दृश्य दिने सविना एक्ली नायिका भने
होइनन्। यही चलचित्रका लागि नायिका जिया केसीले पनि नायकसँग लामै किस
गरेकी छिन्। 'लुट' र 'चपली हाइट'को सफलतापछि अहिले नेपाली चलचित्रमा सेक्स
र किसका दृश्य तथा अश्लील संवाद समावेश गर्ने होड नै चलेको छ।
No comments:
Post a Comment
Thanx for your comment