Monday, May 21, 2012

शाहरुखका लागि नाङ्गिन तयार छु : पुनम पाण्डे



नयाँ दिल्ली, जेठ ३ (एजेन्सी) - भारतीय मोडल पुनम पाण्डेले फेरि नाङ्गिने घोषणा गरेकी छिन्। भारतले क्रिकेट विश्‍वकप जिते नाङ्गिने बताएपछि चर्चामा आएकी पुनमले यसपटक भने शाहरुख खानका लागि नाङ्गिने बताएकी छिन्। एक भारतीय टेलिभिजनमा दिएको अन्तर्वार्तामा उनले शाहरुखका लागि आफू नाङ्गिन तयार रहेको बताइन्। विश्‍वकपमा उनले भारतले खेल जितेमा सबैसामु नाड्गो भएर उत्सव मनाउने बताएपनि उनीमाथि रोक लगाइएको थियो।

कोलकाता नाइट राइडर्सका मालिकसमेत गरेका शाहरुखको फ्यान भएको बताउँदै पुनमले आइपिएलमा भिडिरहेको कोलकाताका लागि आफ्नो कपडा खोल्न तयार रहेको बताइन्। 'मैले लुगा खोल्दा कोलकाताले जित्छ भने म तयार छु। यसमा के नै खराबी छ र?,' पुनमले भनिन्।

शाहरुखले भारतीय क्रिकेट काउन्सिलबाट पुनले लुगा खोल्न पाउने स्विकृति ल्याए भने उनले विश्‍वकपमा राखेको चाहना पूरा हुने बताइन्। 'मैले लुगा खोलेको धेरैले हेर्न चाहेका छन्। शाहरुखका कारण त्यो पूरा हुनसक्छ,' उनले भनिन्।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी