Friday, May 25, 2012

एक सर्को तानेको जरिवाना सय रुपैयाँ


 काठमाण्डौं । सरकारले सार्वजनिक ठाउँमा बसेर चुरोट तथा सुर्ती पिउन पूर्ण रुपमा रोक लगाएको छ । त्यस्तो भेटिएमा पहिलो पटक सय रुपैयाँ जरिमाना तथा सार्वजनिक ठाउँबाटै निकाला गर्ने गरिने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
१८ बर्ष भन्दा कम उमेरका व्यक्ति तथा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ किनबेच गर्न रोक लगाएको छ । सो उमेर समूहका संलग्न भएको भेटिए सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिमाना गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली, २०६८ ले मानिसको चहलपहल हुने ठाउँलाई सार्वजनिक ठाउँ मानेर ति क्षेत्रहरुलाई निषेधित क्षेत्र घोषणा गरेको हो । नियमावलीमा सरकारी भवन, स्वास्थ्य सस्था, शिक्षण सस्था, सार्वजनिक सवारीका साधन, उद्योग तथा कलकारखाना, होटल तथा धार्मीक स्थललाई सार्वजनिक स्थल भनिएको छ ।
नियमावलीले सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि संस्थाका प्रमुखलाई नियन्त्रण व्यवस्थापकको रुपमा तोकेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी