भरतपुर । विभिन्न जातीय संगठनले आयोजना गरेको नेपाल बन्दका क्रममा थारु
संयुक्त संघर्ष समितिले आयोजना गर्ने भनिएको सभाका कारण सम्भावित घटनालाई
रोक्न शुक्रबार राति जिल्ला प्रशासन र आन्दोलनरत दुबै पक्ष एवम् चितवनका
प्रमुख राजनीतिक दलहरुबीच शान्ति सुरक्षालाई कायम राख्न सहमति भएको छ ।
सहमतिमा बन्दका क्रममा राष्ट्रिय अखण्डता र जातीय सद्भाव संयुक्त संघर्ष
समिति चितवन तथा थारु संयुक्त संघर्ष समितिले तोकिएका स्थानको प्रयोग गर्ने
उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको निवासमा भएको छलफलले पूर्वी चितवनबाट आउने थारु संघर्ष समितिको जुलुससहितको सवारीलाई विनारोकतोक जिल्ला प्रशासन कार्यालय, मालपोत हुँदै चौबीसकोठीमा जम्मा हुने र पश्चिम चितवनबाट आएको जुलुस बुद्धचोक हुँदै चौबीसकोठीमा जम्मा हुने सहमति भएको छ ।
त्यस्तै माडीलगायत गीतानगरबाट आउने सवारी क्यान्सर अस्पताल हुँदै चौबीसकोठीमा जम्मा भई सभास्थल वीरेन्द्र बहुमुखी क्याम्पसमा जाने निर्णय भएको थारु संयुक्त संघर्ष समिति चितवनका सदस्य एवम् थारु मुक्ति मोर्चा चितवनका अध्यक्ष विश्वनाथ थारुले बताउनुभयो । व्यानर र झण्डासहित आएका सवारी र मोटरसाइकललाई विनारोकतोक सञ्चालन गर्न दिने सहमति भएको उहाँले बताउनुभयो ।
यता, भरतपुर र नारायणगढको विभिन्न स्थानमा प्रदर्शन गरिरहेका विभिन्न जातीय संगठननिकट संघर्ष समिति चितवनले आज शनिबार नारायणगढका पुलचोक र भरतपुरको हाकिमचोकलाई केन्द्रविन्दु बनाइ प्रदर्शन गर्नेभएका छन् । प्रदर्शनमा पूर्ण नियन्त्रणमा राखिने संघर्ष समितिका संयोजक धनबहादुर कार्कीले बताउनुभयो ।
यसैबीच बन्दका क्रममा दुबै पक्षले लाठीलगायलतका घातक हतियारको प्रयोग नगर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका थिए । छलफलमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपालकुमार भण्डारी जिल्लाका प्रमुख दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

No comments:
Post a Comment
Thanx for your comment