घटनाको सर्वत्र निन्दा र भत्र्सना
भरतपुर । ब्राह्मण–क्षेत्रीलगायत विभिन्न जातीय संगठनहरुले आयोजना गरेको नेपाल बन्दको दोसो दिन पत्रकार महासंघका केन्द्रीय पार्सद् तथा प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपालमाथि हातपात तथा अन्य आठ जना पत्रकारमाथि दुव्र्यवहार भएको छ । बन्दको समाचार संकलनमा रहेका ती पत्रकारमाथि बन्दकर्ताले जिल्लाका विभिन्न स्थानमा दुव्र्यवहार गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्सद् तथा प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष शिशिर सिंखडा, पत्रकारहरु मिलन पराजुली, गोविन्द घिमिरे र रक्षा रेग्मीलाई रत्ननगर नगरपालिका कार्यालयअगाडि बकुलहरचोकमा दुव्र्यवहार भएको हो ।
यसैगरी पत्रकार प्रकाश ज्ञवालीमाथि भरतपुर अस्पतालरोडमा, राजेन्द्र आचार्यलाई चौबीसकोठीमा, हरि उप्रेती ‘भुवन’ लाई भरतपुर बसपार्कअगाडि र महासंघका केन्द्रीय पार्सद् गणशेखर शर्मालाई जिल्ला प्रहरी कार्यालयअगाडि दुव्र्यवहार भएको छ । बन्दकर्ताको आक्रमणबाट पत्रकार राजेन्द्र आचार्यको क्यामारामा क्षति पुगेको छ ।
गोरखापत्र दैनिक तथा रेडियो चितवनमा समेत आवद्ध पत्रकार नेपाललाई बन्दकर्ताहरुले भरतपुरबाट रेडियोको कार्यक्रम सञ्चालनका लागि रत्ननगरमा रहेको रेडियो स्टेशनमा मोटरसाइकलमा जानेक्रममा रत्ननगरको बकुलहरचोकमा सडक अवरोध गरी हातपात र दुव्र्यवहार गरेको पत्रकार नेपालले बताउनुभयो ।
नेपाल चढेको बा ३१ प ५५५५ मोटरसाइकलसमेत तोडफोड भएको छ । पत्रकार नेपालको मोटरसाइकलको चाबी र परिचयपत्रसमेत बन्दकर्ताले खोसेर लिएका थिए ।
‘नेपालबन्द’को क्रममा समाचार सङ्कलन गर्न कार्यक्षेत्रमा खटिएका पत्रकारहरुमाथि बन्द आयोजकहरुले हातपात र दुव्र्यवहार गरेको घटनाप्रति चितवनका नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ, नेपाल प्रेस युनियन, रेडियो चितवनलगायतका संघसंस्था तथा प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष जनक अर्याल, प्रेस युनियन चितवनका अध्यक्ष बसन्त पराजुली, प्रेस चौतारी चितवनका सचिव तीर्थ नेपाल र क्रान्तिकारी पत्रकार संघका प्रतिनिधि अनन्त सुवेदीद्वारा संयुक्त जारी विज्ञप्तिमा पत्रकारहरुमाथि भएको सो घटनाको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरिएको छ ।
यसरी समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा खटिएका पत्रकारहरुमाथि भएका दुव्र्यवहार र हातपातका घटनाले दुःखित बनाएको ती संघसंगठनहरुले विज्ञप्तिमार्फत जनाएका छन् । ‘बन्द आयोजकहरुले पत्रकारहरुको परिचयपत्र माग गर्ने र आफ्नो परिचय दिदाँदिँदै पत्रकारहरुमाथि भएका यसप्रकारका घटनाको हामी विरोध एवम् भत्र्सना गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।
‘हामी पत्रकारहरुमाथि दुव्र्यवहार र हातपात गर्नेहरुमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौं साथै पत्रकारहरुलाई स्वतन्त्रापूर्वक समाचार सङ्कलन र सम्प्रेषणको वातावरण तयार गर्न सरोकारवाला सबैमा हार्दिक आग्रह गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै इन्सेक चितवन जिल्ला संयोजक मुकुन्द दाहालले एक विज्ञप्तिमार्फत पत्रकार तथा मानवअधिकारवादीमाथि बन्दकर्ताहरुले गरेको दुव्यवहारको भत्र्सना गर्नुभएको छ ।
‘नेपाल बन्द’को क्रममा चितवनमा समाचार सङ्कलन गर्न कार्यक्षेत्रमा खटिएका पत्रकारहरुलाई बन्द आयोजकहरुले हातपात र दुव्र्यवहार गरेको घटना र मोटरसाइकलमा दुई जना चढ्न नपाउने भन्दै इन्सेक कार्यक्रम सहायक नारायण गैरेलाई मोटरसाइकलबाट ओर्लन बाध्य पारेको घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गम्भीर ध्यानाकर्षण भएको छ ।
‘यसरी समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा खटिएका पत्रकारहरुमाथि भएका दुव्र्यवहार र हातपातका घटना दुःखद् हो, पत्रकारहरुले आफ्नो परिचयपत्र देखाउँदा पनि दुव्र्यवहारको घटना भएको प्रति हामी विरोध एवम् भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘दुव्र्यवहार र हातपात गर्नेहरुमाथि कारबाहीको माग गर्दछौं । साथै पत्रकारहरुलाई स्वतन्त्रपूर्वक समाचार सङ्कलन र संप्रेषणको वातावरण तयार गर्न सरोकारवाला सबैमा हार्दिक आग्रह गर्दछौं ।’
बन्दको पर्यवेक्षण गर्नेक्रममा इन्सेक जिल्ला संयोजक मुकुन्द दाहालसँगै एउटै मोटरसाइकलमा सवार गैरेलाई भरतपुरको हाकिमचोकमा रहेका बन्दकर्ताहरुले ‘एक जनाभन्दा बढी चढ्न पाइँदैन’ भन्दै जबरजस्ती ओर्लन बाध्य पारेको संयोजक दाहालले बताउनुभयो ।
त्यस्तै रेडियो चितवनले एक विज्ञप्ति जारी गरी जुनसुकै बहानामा सञ्चारकर्मी र सञ्चारमाध्यका सवारीसाधनको निर्वाध आवागमनमा रोक लगाइनु प्रेस स्वतन्त्रताको विपक्षमा हुने हाम्रो ठहर छ । प्रेस स्वतन्त्रताविना कुनै पनि अधिकार सुरक्षित नहुने तथ्यको स्मरण गराउँदै रेडियोले बन्द आयोजककर्तालाई यस्ता घट्ना दोहोरिन नदिन सचेत हुन आग्रह गरेको छ ।
यसैबीच ब्राह्मण समाज चितवनका अध्यक्ष काशीनाथ पौडेलले बन्दका क्रममा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नु गल्ती भएको भन्दै क्षमा माग्नुभएको छ ।
आफूहरुको बन्दमा पर्यटक, पत्रकार, एम्बुलेन्स, मानवअधिकारकर्मी लगायतलाई निर्वाधरुपमा हिँड्न दिइने उहाँले बताउनुभयो । राज्यको पुनर्संरचना गर्दा जाति, भाषा र धर्मका आधारमा गर्न नहुने, र क्षेत्री, ब्राह्मण, दसनामी, दलित र ठकुरीलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने प्रमुख माग राख्दै संयुक्त संघर्ष समिति आन्दोलित बनेको हो ।

No comments:
Post a Comment
Thanx for your comment