नारायणगढ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले गरेको बन्दका कारण चितवन जिल्ला शुक्रबार पनि पूर्ण रुपले ठप्प भयो । बन्दका कारण चितवनका नारायणगढ, भरतपुर, रत्ननगर पर्सा, पश्चिम चितवनका विभिन्न स्थानमा समेत पूर्णरुपमा बजार तथा सवारी आवागमन ठप्प भएको छ ।
बिहीबार शान्तिपूर्ण रुपमा बन्दमा उत्रिएका प्रदर्शनकारीहरु शुक्रबार भने अराजक तरिकाले प्रदर्शनमा उत्रिएका छन् । बिहीबार शान्तिपूर्ण रुपले बन्दका क्रममा भजन गाउँदै नाचेका बन्दकर्ताहरु शुक्रबार भने बल प्रयोगमा उत्रिएका हुन् ।
बन्दको पहिलो दिनको तुलनामा दोस्रो दिन शुक्रबार उनीहरुले एम्बुलेन्स, दूध बोक्ने गाडी र पर्यटकको गाडीसमेतलाई अवरोध गर्नुका साथै प्रेस र मानवअधिकारवादीका सवारीमा रोक लगाएका थिए भने पत्रकारहरुलाई हातपात र दुव्र्यवहार गरेका थिए । उनीहरुले अस्पताल सञ्चालनमा पनि अवरोध पु¥याएका थिए ।
बन्द नेतृत्वको नियन्त्रणबाहिर जाँदा भरतपुरको चौबीसकोठीका केही अस्पतालमा समेत तोडफोड भएका छन् । बन्दकर्ताले सप्तगण्डकी अस्पतालमा ढुङ्गा प्रहार गरी सिसा फुटाएको अस्पतालले जनाएको छ ।
बन्दकर्ताले शुक्रबार भरतपुरको मालपोतचोकमा दुईवटा एम्बुलेन्स तोडफोड गर्नुका साथै एम्बुलेन्सका चालक सुनिल श्रेष्ठमाथि हातपात गरेका थिए । अस्पतालमा आउने एम्बुलेन्सले नै बन्दविरुद्धका त¤व बोकेको आरोप बन्दकर्ताको लगाएका छन् । बन्द गराउन हिँडेका उनीहरुले बन्द रहेका पसलहरुमा ढुङ्गा हानेका थिए ।
नारायणगढको लायन्सचोकमा बन्दकर्तालाई नचिनेका केही व्यक्तिले कुटपिट गरेको भन्दै बन्दकर्ताहरु आक्रोशित हुँदा प्रहरीलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । बन्दका क्रममा पहिलो दिन प्रयोग भएका अधिकांश बालबालिकाहरु दोस्रो दिन पनि सडकमा देखिन्थे । हातमा बाँसका लाठी र ढुङ्गा बोकेका उनीहरु अधिकांश स्थानमा अगाडि सरिरहेका थिए ।
यसैबीच भण्डारामा बिहीबार साँझ मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले लाठीप्रहार गर्दा नवीन भट्टराई र प्रकाश अर्याल घाइते भएको स्थानीय उदय पौडेलले जानकारी दिनुभयो ।
जिल्ला प्रहरीले भने बन्दकर्ताले गाडी तोडफोड गर्न थालेपछि लाठीचार्ज गर्नुपरेको बताएको छ । यता बन्दका क्रममा छिटपुट असामान्य गतिविधिहरु भएपनि विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच बन्दका क्रममा शुक्रबार साँझ साढे ७ बजेतिर भरतपुरमा प्रहरीको लाठी लागी एक जना प्रदर्शनकारी घाइते भएका छन् । गुञ्जनगर घर भई सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत शिव सापकोटा घाइते भई भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
उनको टाउकोमा तीनवटा टाँका लगाइएको अस्पतालले जनाएको छ । बन्द गराउन हिँडेका बन्दकर्ता र प्रतिकारमा आएका केही व्यक्तिबीच झडप हुँदा सोही समयमा पुगेको प्रहरीको लाठी लागि सापकोटा घाइते भएका हुन् ।
प्रहरीले एक मोटरसाइकलसहित प्रतिकारमा उत्रिएका दुई जनालाई नियन्त्रणमा लिएको छ ।
अखण्डता र सद्भाव निम्ति लक्ष्यदीप
यसैबीच आन्दोलनमा रहेको जातीय सद्भाव संयुक्त संघर्ष समितिले शुक्रबार नवलपरासीको कावासोतीमा अखण्डता, सदभाव र संविधानका निमित्त राजमार्गमा लाखबत्ती बालेर दिनभर प्रदर्शन गरेका छन् । बन्दको दोसो दिन कावासोतीस्थित राजमार्गमा केन्द्रित प्रदर्शनकारीहरुले भजनकीर्तनसहित लक्ष्यदीप बालेका हुन् ।
दुई दिनदेखि लगातार भएको बन्दले नवलपरासी जिल्लाको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण जिल्लाभर कुनैपनि सवारीसाधन, उद्योग, कलकारखाना, बजार, व्यवसाय र शिक्षण संस्था खुल्न सकेनन् ।
गाउँगाउँबाट राजमार्गमा भेला भएका आन्दोलनकारीले जिल्लाको सुनवल, त्रिवेणी, परासी, बर्दघाट, चोरमारा, डण्डा, गैँडाकोटलगायतका स्थानमा अवरोध राखेर दिनभर प्रदर्शन गरेका थिए ।

No comments:
Post a Comment
Thanx for your comment