Friday, May 11, 2012

बघिनी गाउँ पस्दा स्थानीय त्रसित

वीरेन्द्रनगर । पूर्वी चितवनको वीरेन्द्रनगर गाविस वडा नंबर ४ मा डमरूसहितको बघिनी आएर मकैबारीमा बसेपछि स्थानीयवासिन्दा त्रसित भएका छन् ।
दुईवटा डमरू लिएर आएको बघिनी स्थानीयको मकैबारीमा केही दिनयता रहँदै आएको स्थानीय प्रमिला अर्यालले जानकारी दिनुभयो । बाघ मानव बस्तीमै आएपछि घाँस दाउरा गर्न र खेतबारीमा खेतीपाती गर्न जाने गाउँवासी त्रासमा रहेका छन् ।
नजिकै रहेको कालिका सामुदायिक वन हँुदै उक्त बघिनी मानव बस्तीमा प्रवेश गरेको हो । स्थानीय बासिन्दाहरुले त्यहाँ मानवीय आक्रमण हुन सक्ने सम्भावनाका कारण डमरूसहितको बघिनीलाई सुरक्षित ढङ्गले निकुञ्ज क्षेत्रमा लैजानु पर्ने माग गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अमिर महर्जनले बघिनीलाई निकुञ्जमा लैजाले आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी