पर्सा । पर्सा जिल्लास्थित विभित्र ११ वटा राजनीतिक
दलहरूको संयन्त्रले तराई मधेसको राजधानी वीरगन्जलाई बनाउन माग गर्दै
आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार बिहान वीरगन्जमा पत्रकारसम्मेलनको आयोजना गरी ११ राजनीतिक दलका तर्फबाट संयोजक नेपाली काँग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले सो जानकारी दिनुभएको हो ।
उहाँले आफूहरूको शान्तिपूर्णको मागको सुनुवाइ नभएका कारण सशक्त आन्दोलनमा उत्रिन परेको पनि बताउनुभएको छ । उहाँले आन्दोलनको पहिलो कार्यक्रमअन्तर्गत शनिबार एक दिन वीरगन्जको भन्सार नाका ठप्प पारिने जानकारी दिनुभएको छ ।
समग्र तराई वा मधेस जति प्रदेश भए पनि यसको राजधानी वीरगन्ज बनाउनुपर्ने आफूहरूको माग रहेको पनि नेताहरूले बताएका छन् ।
शान्तिपूर्ण रूपमा आफूहरूको मागको सुनुवाइ नभएका कारण बाध्य भएर कडा आन्दोलन गर्नुपरेको र मागको सुनुवाइ नभए अझ कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।
नयाँ संविधान बत्रे निश्चित नभएपनि पछिल्ला दिनमा राजधानीको माग गर्ने क्रममा भने बढोत्तरी आएको छ । सङ्घीय प्रदेशको राजधानी बनाउन विगत केही दिनदेखि वीरगन्जमा प्रदर्शन गरिएको छ । यसैक्रममा शुक्रबार बिहान पेसागत सञ्जाल (पापड)ले पनि प्रदर्शन गरेको छ ।

No comments:
Post a Comment
Thanx for your comment