काठमाडौं । एसीसी यु–१६ एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार
मलेसियाको बायुमास क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरलाई पराजित गर्दै
नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले गत विजेता सिङ्गापुरलाई १०१ रनको
फराकिलो अन्तर हराएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ९ विकेटको क्षतिमा पूरै ४० ओभर खेल्दै २४१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा सिङ्गापुर ३६.५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटिएको थियो । जितसँगै नेपालले सन् २०१० मा काठमाडौँमा भएको पहिलो संस्करणमा आफूलाई पराजित गर्ने सिङ्गापुरको बदला लिएको छ । त्यतिबेला नेपाल ६८ रनले सिङ्गापुरसँग पराजित भएको थियो ।
शुक्रबारको खेलमा नेपालका तर्फबाट जगदीश चन्दले ५३ तथा नुरध्वज सेनले ५१ रनको महत्वपूर्ण योगदान गरेका थिए । खेलमा आकाश विष्ट र जगदीश चन्दले सिङ्गापुरका तीन–तीन विकेट पनि लिएका थिए । खेलको ‘म्यान अफ दि म्याच’ नेपालका जगदीश चन्द भए ।
जितसँगै नेपाल यु–१६ एसीसी एलिट कप क्रिकेट प्रतियोगितामा दोस्रो पटक फाइनलमा प्रवेश गर्ने टोली बनेको छ । नेपालले अब फाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

No comments:
Post a Comment
Thanx for your comment