विधुर ढकाल
नारायणगढ । ब्राम्हण, क्षेत्री, ठकुरी, दसनामी, दलितलगायतका १० जातीय संगठनहरुको सयुंक्त संघर्ष समितिले गरेको बन्दका कारण बिहीबार चितवनको जनजीवन पूर्णरुपले ठप्प भएको छ ।
बन्दका कारण चितवनको नारायणगढ, भरतपुर, रत्ननगर टाँडी, मेघौली गीतानगरलगायतका बजारहरुसहित अधिकांश स्थानमा यातायातका साधन पनि सञ्चालनमा आउन सकेनन् भने उद्योग, कलकारखाना, बजारसहित शिक्षण संस्था पनि ठप्प थिए ।
जातीय राज्यको विरोधमा ब्राम्हण, क्षेत्री ठकुरी, दसनामी, दलितलगायतका संगठनले संयुक्त रुपमा बिहीबार र शुक्रबार नेपाल बन्द आह्वान गरेका हुन् । बन्दकर्ताले चितवनमा यातायात ठप्प पारे भने बजार, शैक्षिक संस्था र कार्यालयहरु पनि बन्द भएका छन् । बन्दकर्ताले ठाउँठाउँमा जम्मा भएर यातायात रोके ।
टायर बाल्ने संस्कारलाई पछाडि छाड्दै बन्दकर्ताले नारायणगढको पुलचोक, लायन्सचोकलगायतका स्थानमा होमन गर्दै दाउरा बालेर विरोध प्रदर्शन गरेका थिए । ठाउँठाउँमा बन्दकर्ताले शंख फुकेर भजन गाउँदै नारासमेत लगाएका थिए ।
उनीहरुले भरतपुर र नारायणगढमा साइकल र रिक्सासमेतलाई रोक लगाएका थिए । उनीहरुले केही स्थानमा एम्बुलेन्सलाई समेत यात्रु बोकेको आशंकामा चेकजाँच गरेरमात्र हिँड्न दिएका थिए ।
सडकमा बसेर वृद्धवृद्धाहरु भजन गाएर नाचिरहेका बेला स–साना बालबालिकाहरु साइकल तथा मोटरसाइकलहरु रोक्न दौडिरहेका थिए । बन्द गराउन बिहानैदेखि विभिन्न स्थानमा स्वतःस्फूर्तरुपमा स्थानीयहरु निस्किएका थिए ।
वृद्धहरुसमेत सडकमा सवारी आवागमन रोक लागाउन लाठी लिएर बसेका भेटिन्थे । जिल्लाका विभिन्न ठाउँबाट बन्दकर्ताहरु भरतपुर र नारायणगढमा आएका थिए ।
यसैबीच चितवनका विभिन्न स्थानहरुमा बन्दका क्रममा बन्दकर्ताहरुले ¥यालीसमेत प्रदर्शन गरेका छन् । पश्चिम चितवनको जगतपुर ध्रुबनगरमा बिहान बन्दकर्ताले कोणसभा सम्पन्न गरेका थिए ।
यता, बन्दका क्रममा भरतपुरको हाकिमचोकमा केही युवाहरुले माइकिङ गर्दै हिँडेका बन्दकर्ताहरुको माइक तोडफोड गरेका छन् । सामान्य हतियारसहित आएको एक समूहले माइक ताडफोड गरेको संघर्ष समितिका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसैबीच बुधबार कावासोतीमा भएको झडपका कारण चितवनका थारु समुदायले गर्ने भनेको प्रदर्शनलाई मध्यनजर राख्दै चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ । मकवानपुरबाट समेत थप सुरक्षाकर्मी मगाइएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment