Monday, May 7, 2012

राज्यको पुनर्संरचना गर्दा विखण्डन हुन नहुने

नारायणगढ । जनमोर्चा नेपालले राज्य पुनर्संरचनाको नाममा बहुराष्ट्रवाद, जातीय राज्य, आत्मनिर्णयको अधिकार र स्वायत्त मधेश प्रदेशजस्ता आवधारणाले मुलुकको राष्ट्रिय सार्वभौमिक अखण्डतामा विभाजन र विखण्डन ल्याउने बताएको छ ।
जनमोर्चा नेपालका महासचिव साध्यबादुर भण्डारीले एक विज्ञप्ति जारी गरी जातीय एकता खल्बल्याउने तथा साम्प्रदायिक सद्भाव भड्काउने निश्चित भएकाले पार्टीले तीव्र विरोध गर्दै आएको बताउनुभएको छ ।
उहाँले राज्यको पुनर्संरचना गर्दा दुबै छिमेकी मित्रराष्ट्रहरुसँग समान पहुँच हुने गरी हिमाल, पहाड, तराई मिसिएको र सबै खालको विविधता समेटिएको थोरै प्रान्त केन्द्रको इकाइको रुपमा रहने गरी पुनर्संरचना उपयुक्त हुने पार्टीको ठहर बताउनुभयो ।  

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी