भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुरले आइतबार विद्युत् चोरी गरेर बालेको आरोपमा ३३ जनालाई पक्राउ गरेको छ ।
बिहान साढे तीनबजे छड्के चेकजाँचमा निस्किएको टोलीले पश्चिम चितवनको गीतानगर, पटिहानी, पार्वतीपुर, जगतपुर र भरतपुर नगरपालिकाभित्रैका विभिन्न स्थानबाट सो आरोपमा ३३ जनालाई पक्राउ गरेको हो ।
अत्यधिक विद्युत् चोरी हुने पश्चिम चितवनका विभिन्न गाविसहरुमा प्राधिकरणले सशस्त्र र जनपथ प्रहरीसहित नियमित अनुगमन गरिरहेको छ । एकाबिहानैको छड्के जाँचमा पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा राखिएको छ ।
उनीहरुलाई नियमअनुसार कारबाही गरेर छाडिने प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो । पक्राउ परेकाहरुले घर र आफ्ना उद्योगहरुमा विद्युत् चोरी गरी प्रयोग गर्ने गरेको पाइएको छ । चेकजाँचका क्रममा प्राधिकरणको टोलीले पानी तान्ने मोटर ११ थान, फ्रिज एकथान, कम्प्युटर एकथान लगायतका सामग्रीसमेत बरामद गरेको छ ।
प्राधिकरण भरतपुर शाखाले चुहावट नियन्त्रण अभियान थालेपछि झण्डै पाँच सय जना कारबाहीमा परेका छन् । प्राधिकरणले आफ्नो अभियानपछि चितवनमा ३१ प्रतिशतमा रहेको विद्युत् चुहावट अहिले २५ प्रतिशतमा झरेको दावी गरेको छ ।
विद्युत् चोरी गर्नेहरुबाट प्राधिकरणले जरिवानावापत झण्डै ३० लाखभन्दा बढी रकम उठाइसकेको जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment