Monday, May 7, 2012

पूर्व प्रहरी संगठनको साधारण सभा

भरतपुर । पूर्व नेपाल प्रहरी संगठन चितवनको जिल्ला भेला तथा दोस्रो साधारण सभा सोमबार भरतपुरमा सम्पन्न भएको छ ।
भेलामा प्रहरी उपरीक्षक भुपालकुमार भण्डारी, अमर प्रहरी प्ररिवार संघका अध्यक्ष सरस्वती पौडेल, सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेल, संगठनका उपाध्यक्ष राजेन्द्रबहादुर खड्कालगायतले बोल्नुभएको थियो ।
सभामा सचिव उद्धबकुमार श्रेष्ठले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष केशवजंग थापाले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । विभिन्न जेष्ठ पूर्व प्रहरी तथा अमर प्रहरी परिवारलाई सम्मान गरिएको कार्यक्रममा प्रमुख अतिथि पूर्व वरिष्ठ प्रहरी उपरीक्षक एवम् पूर्व प्रहरी संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चुडाबहादुर श्रेष्ठ रहनुभएको थियो ।
कार्यत्रम संगठनका जिल्ला अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी