Monday, May 7, 2012

मैयाँदेवीको पत्रकारिता तालिम सकियो

भरतपुर । चितवनको मैयाँदेवी कन्या कलेजका विद्यार्थीका लागि सञ्चालित दुई दिने पत्रकारिता तालिम आइतबार सकिएको छ । अनेरास्ववियु क्याम्पस कमिटीको आयोजना तथा प्रेस चौतारी चितवनको सहयोगमा शनिबारदेखि सुरू भएको तालिम आइतबार सकिएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले पत्रकारिता क्षेत्रमा लाग्ने महिलाहरुको संख्या कमी भइरहेको बेला संचालन भएको तालिम धेरै फलदायी हुने बताउनुभयो । पत्रकारिता क्षेत्रसँगै तालिमले नेतृत्व विकासमा पनि सहयोग पुग्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य विजय सुवेदीले नेतृत्व विकाससँग पत्रकारिता क्षेत्रमा आगमी दिनमा महिलाहरुको सक्रिय सहभागिता हुनेमा विश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष कृष्णभक्त पोखरेल, अनेरास्ववियु मध्यमाञ्चल प्रमुख जवादिर अन्सारी, एमाले नेतृ पार्वती रावल, पत्रकार महासंघका जिल्ला अध्यक्ष जनक अर्याल, प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल, अनेरास्ववियु केन्द्रीय सदस्य निशा अधिकारी, अनेरास्ववियु चितवनका अध्यक्ष निरज भट्टलगायतले पत्रकारिता तालिमको प्रशंसा गर्नुभएको थियो ।
सहभगीहरुलाई विष्णु छिमेकी, जनक अर्याल, शालिग्राम नेपाल, विनोद त्रिपाठी, तीर्थ नेपाल, कोमलचन्द्र भगत, मनोज पन्तलगायतले प्रशिक्षण दिनु भएको थियो ।
७० जना प्रशिक्षार्थी सहभागी रहेको तालिमको समापन कार्यक्रम अनेरास्ववियु मैयाँदेवी कन्या कलेज इकाइ उपाध्यक्ष मीना लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी