Sunday, May 27, 2012

कस्तो छ संविधान सभा बाहिर


काठमाडौ, जेठ १४ – आज जेठ १४ गते, संविधान घोषणा गर्नुपर्ने अन्तिम दिन । दलहरुका आफ्नै अडानका कारण संविधानसभाबाट संविधान लेख्ने नागरिकको चाहना पूरा हुने हो कि होईन त्यो अन्यौल कायम छ ।
२०६७ साल जेठ १४ भित्रै बन्नुपर्ने संविधान, संविधानसभाको म्याद दुई वर्ष लम्बिँदा समेत बन्न सकेको छैन । अरु विषयमा दलहरु झण्डै सहमतिमा पुगेपनि राज्य पुनर्संरचनाको मुद्दा झनै पेचिलो बन्दै गएको छ ।
सर्वोच्च अदालतको फैसला अनुसार अब म्याद थप गर्न नमिल्ने भएकाले सहमति बाहेक अर्को विकल्प नभएको नेताहरु स्वयंले भन्दै आएका छन् । तर उनीहरु आफ्नो अडानबाट पछि हटेका छैनन् ।
नेताहरु छलफलमै हुँदा संविधानसभा भवन आसपासको क्षेत्रमा धर्ना, प्रदर्शन र सभा भैरहेका छन् । संविधान जारी गर्न र आफ्नो हक अधिकार सुनिश्चत गर्न माग गर्दै बिभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन तथा संघसंस्थाले बिहानैदेखि प्रदर्शन गरेका छन् । संविधानसभा भवन नजिकै निशेधित क्षेत्र रहेकाले अलि टाढै बसेर धर्ना र प्रदर्शन भएको छ ।
/उज्यालो ।




















No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी