तानसेन । पाल्पा जिल्लाको बराङ्गदी गाविस–२ घारेखोलामा गाई चराउन गएका दुई महिलाको हत्या भएको छ ।
हत्या गरी काफलको रुखमुनि फालिएको अवस्थामा उनीहरूको शव शुक्रबार भेटिएको छ । हत्या हुनेमा चिर्तुधारा गाविस–८ माझटोलकी ६५ वर्षीया भुनिकला गाहा, र सोही ठाउँकी सिपाही बजै भनेर चिनिने ६० वर्षीया कुमारी गाहा रहेको प्रहरीले जनाएको छ ।
उनीहरू विगत २० वर्षदेखि नै संँगै गाई चराउन जाने गरेका थिए । शवको वरपर रगत बगेको छ भने उनीहरूको छाता, चप्पल पनि फेला परेको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी पाल्पाले बताएको छ ।

No comments:
Post a Comment
Thanx for your comment