Friday, May 4, 2012

विद्यालय तोडफोडको विरोध

भरतपुर । शुल्कवृद्धि गरेर विद्यार्थी भर्ना लिएको भन्दै विद्यार्थी संगठनहरुले गरेको निजी विद्यालय तोडफोडको शिक्षक संघ, संगठनले तीव्र विरोध जनाएका छन् ।
नेपाल शिक्षक युनियन, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च, अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गरी विद्यालयजस्तो पवित्र संस्थामा तोडफोड हुनु ज्यादै निन्दनीय भएको बताइएको छ । तत्कालै शान्ति सुरक्षा कायम गरी बालबालिकाको पठनपाठन गर्न पाउने वातावरण सिर्जना गर्न माग गरिएको छ ।
संगठनहरुले शिक्षक गोपाल ढकाल, रोहित सुवेदी, चौकीदार दिवाकर आचार्यमाथि भएको कुटपिटको पनि विरोध गरेका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी