Sunday, May 13, 2012

poem : म, मेरी आमा र मेरो न्वारन


विधुर ढकाल
म कोखमा हुँदा मेरी आमा
पहाडका खोँचहरुमा घाँस
र दाउराको भारीसँगै
वनपाखा डुल्दै गर्थिन
तिनै आमा पश्व पिडामा छट्पटाउँदा
मेरा बाबु असह्य पिडामा रोए कराए

न त मेरा बाबुको रोदनलाई
ति अस्पतालका भित्ताहरुले
सुन्ने चेस्टा गरे
न त सुने ति शहरका महलहरुले नै
केवल सुन्यो मेरा बाबुको वेदनाले
अभावले, गरिवीले,
अझ त्यो भन्दा बढी सुन्यो
उनको विवशताले
केवल अभावमा गुज्रिदा उनले
आफ्नी जीवन संगीनी गुमाए
मैले मेरी जन्म दिने आमा गुमाए

यतीले मात्र कहाँ पुग्थ्यो
मैले मेरो बाबु गुमाउँदा मेरो रोदले कसैको मन पगाल्न सकेन
पगाल्यो त केवल
भाविले कोरेका मेरा भाग्यलाई
केवल मेरो भाग्लाई

उनी आलिसान महलका निर्माता
मेरो छैठीको दिन
जब भेरो भाग्य
भाविले कोर्दै थिइन्
मेरा बाबु सरहको विचो विच
बन्दै गरेको एक आलिसान महलको
माथिल्लो तलामा थिए
गीट्टी बोक्दै गरेका

अभाव र गरिवीले कमजोर मेरा बाबुका पैताला
चिप्लिए धनको थुप्रोमा लर्किएर
र बजारी विच सडक
एक चिच्चाहट
एैया.......................
मेरो बाबु
यती वेला पनि सुनेनन् ति आलीसान महलहरुले
जो ठडिएका थिए आसपास
आमने सामने मेरा वाुबु मृत शरिर वरीपरि ।

सुनेनन् उनको रोधनलाई
ती शासकहरुले
जसलाई आफ्नो
कन्धो चढाएर माथि पु¥याएका थिए
मेरा बाबुले कस्तो विवसता
मेरो जन्मसँगै

मेरो जन्मको एघाराँै दिन
मेरो न्वारन
मेरो नामाङ्कन
अन्यौलता अभावका विच
गरिविका विच
समाजको कुसंसकारका विच
त्यही विच बाट निस्कियो एक सुस्केरा
विचरा टुहुरो
मेरो न्वारन
मेरो नाम टुहुरो

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी