Friday, June 1, 2012

महसांघको छानविन टोली चितवनमा

भरतपुर । जेठ १४ भन्दा अगाडि जातिय पहिचानका नाममा भएका बन्दका क्रममा पत्रकारहरु माथि भएका आक्रमण, दुव्र्यवहार र सवारी साधनहरुमाथि भएको तोडफोडका घटनाहरुको छानविनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गठन गरेको छानविन तथा अनुगमन टोलि चितवन आएको छ ।

महासंघका महासचिव ओम शर्माको नेतृत्वमा गठित टोलिले शुक्रबार चितवनका पत्रकाहरुमा माझ पत्रकाहरुमाथि भएका आक्रमण र दुव्र्यवहारका बारेमा बुझेको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको कार्यालयमा भएको कार्यक्रममा बोल्दै महासंघका महासचिव शर्माले आफ्नो पक्षमा समाचार नलेखेकै आधारमा पत्रकारहरुमाथि आक्रमण दुव्यवहार तथा सवारी साधनमा तोडफोड हुनु निन्दनिय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी पत्रकारहरु कुनै  जात तथा धर्म नहेरी समाचार सम्प्रेषण गछौँ तै पनि हामी माथि समावेसी नभएका नाममा आक्रमणहुनु दुव्र्यवहार हुनु निन्दनिय कार्य हो, यो कदापी पनि सह्य हुँदैन् ।’ तथापि पत्रकारहरुले संयमित भएर समाचार संप्रेषण गर्नुपर्ने उहाँको भनाई थियो ।
अघिल्लो वर्ष प्रेस स्वतन्त्रताका दिन १२५ वटा पत्रकारहरु माथिका दुव्र्यवहार तथा आक्रमणका घटना सार्वजनिक भएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘हामीले अघिल्लो वर्ष १२५ वटा पत्रकारहरु माथि का आक्रमण र दुव्र्यवहारका घटना सार्वजनिक गरेका थियौँ तर अहिले हामीले एकै दिन १९० भन्दा बढी पत्रकारहरु माथि आक्रमण र दुव्र्यवहारका घटना भोग्यो ।’ यस्ता घटनाले पत्रकार अझै असुरक्षित रहेको देखाएको भन्दै पत्रकार माथि आक्रमण हुँदा प्रहरी मुखदर्शक बनेको आरोप शर्माले लगाउनुभयो ।
एक अर्का प्रसंगमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका सन्दर्भमा पत्रकारहरु आफैँ सजग हुनुपर्ने उहाँले बताउनुभयो । महासचिव शर्माले भन्नुभयो, ‘ऐन कार्यान्वयन नभएको भए महासंघमा निवेदन दिनुस, आफू पनि समाचार संप्रेषणमा ध्यान दिएर लाग्नुस ।’
आन्दोलनका बेला पत्रकार महासंघ चितवनले खेलेको भुमिका प्रति महासंघका केन्द्रीय सदस्य मोहन चापागार्इँले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, ‘चितवन शाखाले बन्दका क्रममा पत्रकारहरुको सुरक्षाका विषयलाई लिएर निर्देशिका जारि गरेर थप क्षति हुनबाट जोगाउने काम गरेको प्रति हामी आभारी छाँै ।’
कार्यक्रममा महासंघका चितवन शाखाका अध्यक्ष जनक अर्यालले बन्दका क्रममा पत्रकारहरु माथि भएका घटनाका बारेमा अनुगमन टोलीलाई रिपार्टिङ् गर्नुभएको थियो । महासंघको कार्यालयमा भएको कार्यक्रममा चितवनका क्रियाशील पत्रकारहरुको सहभागिता थियो ।
महासंघको केन्द्रीय कमिटिको जेठ १० गते बसेको बैठकले बन्दका क्रममा चितवन, नवलपरासी र रुपन्देहीमा पत्रकारहरुमाथि श्रृङखलावद्ध आक्रमणको घटना वृद्धि भएको भन्दै घटनाको छानविन गर्न महासंघका महासचिव शर्माको नेतृत्वमा केन्द्रीय सदस्य चापगाईँ र महासंघ रुपन्देही शाखाका अध्यक्ष दिपक ज्ञवाली सहितको तीन सदस्यि छानविन गरेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी