१९ जेठ,काठमाडौ। एक दिन अघि मिडियामा आएको समाचार र त्यसलाई लिएर खडा भएको विवाद प्रति प्रधानमन्त्री पुत्री मानुषी भट्टराईले कडा आपत्ती जनाएकी छिन्। आफ्नो फेसवुकमा उनले विरोध जनाउँदै स्टाटस पोस्ट गरेकी हुन्।
मानुषीको बारेमा आएको समाचार के थियो?
मानुषीलाई प्रेमको प्रस्ताव गरेर हैरान गरेका एक युवकलाई मानुषीको उजुरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौले १२ दिनअघि पक्राउ गरि हिरासतमा राखेको समाचार हिजो सार्वजनिक भएको थियो। त्रिभुवन विश्व विद्यालयमा अध्ययन गर्ने पाल्पाका अर्जुनप्रसाद न्यौपानेले फोनबाट मनुषीलाई बारम्बार प्रेम प्रस्ताव राखेका थिए ।
यस्तो समाचारपछि सोसियल मिडियाका पानाहरु उनका विरोध र समर्थनमा रंगिएका थिए। तिनै कुराबाट दिक्क भएर मानुषीले फेसबुकबाट विरोध जनाएकी हुन्।
के लेखेकी छिन उनले?
हिजोको समाचारलाई लिएर मेरो बारेमा फेसबुकमा वाहियाद कुराहरु भइहरेको सुने।म मात्र दुइ कुरा भन्न चाहन्छुः
१. सौर्य दैनिकको समाचारको अन्त्यमा मैले भनेको कुरा लेखिएको छ-यो केसमा मेरो कुनै संलग्नता छैन्।त्यसै्ले यति ठुलो होहल्ला किन?
२.यदी एउटी केटी हाई प्रोफाइल या किसान,मजदुर जसकी छोरी भएपनि,निरन्तर ह्यारास्ड गरिन्छ भने उसलाई त्यसको विरुद्ध जाने अधिकार छ। सामान्य प्रस्ताव हो या इक्सट्रिम ह्यारेसमेन्ट हो? यसको परिभाषा गर्ने अधिकार को मा निहित छ? दिन रात कल,एसएमएस बाट दिक्क पिडित भएर रुँदै आउछन् छात्राहरु....उनीहरुले गर्नु पर्ने के हो? कति सम्मलाई सामान्य मान्ने? कति सहने? कताबाट मद्दत पाउने? टियुका केही छात्राहरुमाथी परिक्षा निरिक्षकबाटै सेक्सुअल ह्यारेसमेन्ट भएको थियो परिक्षा हलमै, प्रतिवाद गर्दा निकालि दिने धम्की !..परिक्षा सकिएपछि विद्यार्थीहरुले विरोध गरे,कोहीले सहानुभुती जनाए,कोहीले उल्टै ती छात्राहरुमाथी अनेका आरोप लगाए,मानौ उनीहरुले नै अपराध गरेका हुन्...रुदै भनेका थिए-विरोधको आवाज उठाएर झन पिडित दुःखीपो हुन पर्दो रहेछ यो समाजमा। कस्तो लाज मर्दो !
No comments:
Post a Comment
Thanx for your comment