ट्राफिक नियम उलङ्घन गर्नेहरु फेरि बढे
नारायणगढ । केही समयअगाडि जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा व्यवस्थित बन्न थालेको नारायणगढ तथा भरतपुरको यातायात तथा सडकको अवस्था पुनः पहिलेकै स्थितिमा फर्कन थालेको छ ।
भरतपुर नगरपालिकाले जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरी नारायणगढ तथा भरतपुरको सडक फराकिलो पार्ने अभियान सञ्चालन गरेपछि नारायगढको यातायात अवस्था सुधारिँदै गएको थियो । यद्यपि यो अभियानले पूर्णता नपाउँदै फेरि यातायात व्यवस्था पहिलेकै अवस्थामा फर्कन थालेको हो ।
आज भोलि नारायणगढ तथा भरतपुरका चोकचोकमा यातायातका साधनहरु रोक्न निषेध लेखिएकै स्थानमा नै रोकिएको देखिन्छ । यस्तो अवस्थामा समेत नजिकै रहेका ट्राफिकले नियम उलङ्घनकर्तालाई कारबाहीको दायरा ल्याउन सकेको छैन ।
भरतपुर नगरपालिका र ट्राफिक कार्यालयले मिलेर यातायातका रोक्ने स्थान तथा बसपार्कको निर्धारण गरेतापनि त्यसको कार्यान्वयन प्रभावकारी ढङ्ले हुन सकेको छैन । अव्यवस्थित पार्किङका कारण व्यवसायीहरु मर्कामा परेका छन् ।
‘सवारी ल्याएर पसल नै ढाकिने गरी अगाडि नै रोक्छन्, पसलको व्यापारलाई नै असर पु¥याएको छ’, संगमरोडस्थित श्री इलेक्ट्रिक वर्कशपका सञ्चालक पूर्ण श्रेष्ठले भन्नुभयो । ट्राफिकले ल्याएर पार्किङ् निषेधको बोर्ड टाँगेपछि अनुगमन गर्न फर्केर नआएको उहाँको आरोप थियो ।
यता, ट्राफिक कार्यालयले नियम लगाउँदा विकल्प नदिएको गाडी चालकहरु बताउँछन् । ‘रोक्न मिल्दैन भन्ने त थाहा छ नि, के गर्ने कहाँ रोक्ने त अर्काे विकल्प हुनु प¥यो नि ?’, पार्किङ् निषेध लेखिएको स्थानमा गाडी पार्किङ् गरिरहेका ना १ ज २७५५ नम्बरका चालक छवि लामाले प्रश्न गरे ।
सवारी नियम उलङ्घनका घटना केही दिनयता वृद्धि हुन थालेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णदत्त भट्टले स्वीकार गर्नुभयो । राजनीतिक तरलता र नियमित भएका बन्दका कारणले ट्राफिक नियम पालना गराउन सक्रिय रुपमा लाग्न नपाएको उहाँको भनाइ थियो ।
‘नियमितको बन्दले गर्दा हाम्रो अभियान केही सुस्ताएको जस्तो भएको छ, हामीले यसलाई भोलि (आज आइतबार) देखि नै कडाइका साथ अगाडि बढाउँदै छाँै’, प्रहरी निरीक्षक भट्टले भन्नुभयो । केही समयअगाडि कार्यालय सञ्चालन गरेको सवारी नियम उलङ्घन पुर्जी (टीभीटी) अभियान पनि यही कारणले प्रभावित भएको उहाँले बताउनुभयो ।
अहिलेसम्म टीभीटी अभियानअन्तर्गत आठ जनालाईमात्र कार्यालयले कारबाही गरेको ट्राफिक प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो । जसमध्ये सात जना आफँै सम्पर्कमा आएको तथा एक जनालाई यातायात व्यवस्था कार्यालयको सहयोगमा कारबाही गरिएको उहाँको भनाइ छ ।
त्यस्तै यसै अभियानअन्तर्गत कारबाहीको दायरामा परेका दुईवटा गाडी सम्पर्कमा नआएको समेत उहाँले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Thanx for your comment