विधुर ढकाल
म कोखमा हु“दा मेरी आमा
पहाडका खो“चहरूमा घा“स
र दाउराको भारीस“गै
वनपाखा डुल्दै गर्थिन्
तिनै आमा प्रसव पीडामा छटपटाउ“दा
मेरा बाबु असह्य पीडामा रोए÷कराए
न त मेरा बाबुको रोदनलाई
ती अस्पतालका भित्ताहरूले
सुन्ने चेष्टा गरे
न त सुने ती सहरका महलहरूले नै
केवल सुन्यो मेरा बाबुको वेदनाले÷अभावले÷गरिवीले
अझ त्योभन्दा बढी सुन्यो
उनको विवशताले,
केवल अभावमा गुज्रि“दा उनले
आफ्नी जीवन–संगिनी गुमाए
मैले मेरी जन्मदिने आमा गुमाए“ ।
यतिले मात्र कहा“ पुग्थ्यो
मैले मेरो बाबु गुमाउ“दा
मेरो रोदनले कसैको मन पगाल्न सकेन
पगाल्यो त केवल
भावीले कोरेका मेरा भाग्यलाई
केवल मेरो भाग्यलाई ।
उनी आलिसान महलका निर्माता
मेरो छै“टीको दिन
जब भेरो भाग्य
भावीले कोर्दै थिइन्
मेरा बाबु सहरको बीचोबीच
बन्दै गरेको एक आलिसान महलको
माथिल्लो तलामा थिए
गिट्टी बोक्दै गरेका
अभाव र गरिबीले कमजोर मेरा बाबुका पैताला
चिप्लिए धनको थुप्रोमा लर्किएर
र बजारको बीचसडक
एक चिच्याहट
एैया...!
मेरा बाबु,
यतिबेला पनि सुनेनन् ती आलिसान महलहरूले
जो ठडिएका थिए आसपास र आमने–सामने
मेरा वाबुको मृत शरीरवरिपरि ।
सुनेनन् उनको रोदनलाई
ती शासकहरूले
जसलाई आफ्नो
कँ“धमा चढाएर माथि पु¥याएका थिए मेरा बाबुले
कस्तो विवशता
मेरो जन्मस“गै !
मेरो जन्मको एघारँै“ दिन
मेरो न्वारान
मेरो नामाङ्कन
अन्योलता र अभावका बीच
गरिबीका बीच
समाजको कुसंस्कारका बीच
त्यही बीचबाट निस्कियो एक सुस्केरा
‘बिचरा टुहुरो’
मेरो न्वारान
अब मेरो नाम टुहुरो ।
No comments:
Post a Comment
Thanx for your comment