भरतपुर । चितवनका सञ्चार माध्ययमहरुमा कार्यरत पत्रकारहरुका लागि एक हप्ते आधारभूत पत्रकारिता तालिम शुक्रबारबाट नारायणगढमा सुरू भएको छ ।
नेपाल सञ्चार विकास केन्द्रको आयोजना र सूचना विभाग काठमाडौंको सहयोग तथा नेपाल पत्रकार महासंघ चितवन शाखाको संयोजनमा संचालित तालिमको एक कार्यक्रमका बीच सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएका कोइरालाले तालिमले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन सहयोग पु¥याउने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ अध्यक्ष शिव गाउँलेले तालिमबाट सिकेका उपलव्धिहरुलाई व्यवहारमा उतार्न सम्पूर्ण सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाल सञ्चार विकास केन्द्रका अध्यक्ष विष्णु शर्मा पराजुली, रेडियो प्रसारक संघ (वान)का अध्यक्ष विष्णुहरि ढकाल, पत्रकार महासंघ चितवनका उपाध्यक्ष रमेशकुमार पौडेललगायतले बोल्नुभएको थियो ।
महासंघका चितवन शाखा अध्यक्ष जनक अर्यालको अध्यक्षतामा कार्यक्रम कार्यक्रम सम्पन्न भएको थियो । २५ जना पत्रकारहरुको सहभागिता रहने तालिममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्य र केन्द्रका अध्यक्ष पराजुलीले सहभागीलाई प्रशिक्षण दिनु हुनेछ ।

No comments:
Post a Comment
Thanx for your comment