असार ४ - सत्तारुढ एकीकृत नेकपा माओवादी
औपचारिक रुपमा विभाजन भएको छ । वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले
नयाँ पार्टी गठन भएको घोषणा गरेको हो । वैद्य पक्षले नयाँ पार्टीको नाम
नेपाल कम्यूनिष्ट पार्टी, माओवादी राखेको छ । र, त्यसको नेतृत्व मोहन
वैद्यले गर्नुभएको छ । आइतवार मोहन वैद्यले नयाँ पार्टी गठन गर्न गरेको
प्रस्ताव भेलाले सर्वसम्मतिले पारित गरेको छ ।
प्रस्ताव पारित भएसँगै मोहन वैद्यले प्रचण्ड–बाबुरामसँगको सम्बन्ध विच्छेद
भएको घोषणा गरेको छ । भेलाले वैद्यको नेतृत्वमा ४४ सदस्यीय केन्द्रीय
समिति पनि बनाएको छ । यसको औपचारिक घोषणा मंगलवार विहान हुने वैद्य पक्षले
जनाएको छ । वैद्य पक्षले प्रचण्डको नेतृत्व जनविरोधी, दक्षिणपन्थी भएको ठहर
गर्दै नयाँ पार्टी गठन गरेको हो । शान्ति प्रक्रियामा आएर कुनै उपलब्धि
नभएको ठहर गर्दै वैद्य पक्षले जनविद्रोहको कार्यदिशामा अघि बढ्ने निर्णय
गरेको छ ।
No comments:
Post a Comment
Thanx for your comment