Sunday, June 17, 2012

अन्तत फुटको संघारमा माओवादी, वैद्य पक्षद्धारा भोली नयाँ पार्टीको घोषणा गर्ने तयारी


 काठमाडौ । एकिकृत नेकपा (माओवादी)को असन्तुष्ट वैद्य पक्षले भोली नयाँ पार्टीको घोषणा गर्ने भएको छ । वैद्य पक्षीय कार्यकर्ताको राष्ट्रिय भेलाले नयाँ पार्टी घोषणा गर्ने भएको छ भने महाधिवेशन आगामी फाल्गुन १ गते गर्ने भएको छ ।
राजधानीमा हिजोदेखी जारी कार्यकर्ता भेलामा पार्टीको नाम के राख्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ । पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी या नेकपा माओवादी क्रान्तिकारी के राख्ने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ । जारी भेलाले नयाँ पार्टी गठनको औपचारिक प्रक्रिया सुरू भएको बताइएको छ ।
भेलामा आज मोहन बैद्य किरणले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादीको वर्तमान नेतृत्व संशोधनवादमा फसेको भन्दै उनीहरूबाट अलग्गिएर क्रान्तिकारी कार्यदिशासहितको पार्टी गठन गर्न प्रस्ताव गरिएको थियो ।
विगत लामो समयदेखी पार्टी नेतृत्वसँग असमति तथा असन्तुष्टी जनाउँदै आएको वैद्य पक्षले माओवादी पार्टीमा बसिरहनु उचित नभएको भन्दै नयाँ पार्टी गठन गर्ने निर्णय गरेको हो । शनिबार भेलालाई सम्बोधन गर्ने क्रममा पनि मोहन वैद्यले अब पार्टीमा बस्नु कुनै औचित्य नभएको भन्दै नयाँ पार्टी र नयाँ नेता चाहिने बताएका थिए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी