नवलपरासी । एक वर्षअघि नवलपरासीको माकर–४ बर्दघाटमा भएको शुभेच्छा चापागार्इंको हत्यामा संलग्न छ जनालाई जिल्ला अदालत नवलपरासीले ३६ वर्ष जेल सजायको फैसला गरेको छ ।
नवलपरासीका प्रहरी प्रमुख एसपी ज्ञानविक्रम शाहका अनुसार हत्यामा संलग्न अशोक गुरुङलाई सर्वस्वसहित ३६ वर्ष, राजु विक, अरमान सुनार, विष्णु सुनार, सुभास दर्जी, राजकुमार अर्गेजामगरलाई ३६ वर्ष कैद सजायको फैसला गरेको हो ।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश मोहम्मद जुनेद आजादको इजलासले गुरुङलाई ज्यानमारा मुद्दामा २० वर्ष, जबरजस्ती करणी १० वर्ष र डाँका मुद्दामा ६ वर्ष गरी सर्वस्वसहित ३६ वर्ष कैद फैसला गरेको हो ।
त्यसैगरी अन्य पाँच जनालाई पनि ज्यानमारा मुद्दामा २० वर्ष जबरजस्ती करणी १० वर्ष र डाँका मुद्दामा ६ वर्ष गरी कैद फैसला गरेको छ । यस मुद्दामा जाहेरीवालाको तर्फबाट वकिलहरु लीलाधर मरासिनी, सुदर्शन पन्त, आनन्द भुसाल, ध्रुबराज नन्दले बहस पैरवी गर्नुभएको थियो ।
मुद्दामा प्रतिवादीको तर्फबाट कसैले पनि बहस गरेका थिएनन् । २०६८ साल जेठ ३० गते घरमा सुतिरहेको अवस्थामा १७ वर्षीया छात्रा शुभेच्छाको उनीहरुले सामूहिक रुपमा जबरजस्ती करणीपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।
एसएलसी दिएर बसेकी उनको शव घरको छतमा भेटिएको थियो । चापागार्इंलाई घरको ढोकाको भ्याटिलेन्सनको ग्रिल फोडी घरमाथि छतमा लगेर हत्या गरिएको थियो ।
हत्यारालाई कैद सजाय सुनाएपछि चापागार्इं परिवारले आफूहरुले न्याय पाएको प्रतिक्रिया दिएका छन् । शुभेच्छाका आमा गीता चापागार्इंले छोरी नफर्किए पनि अदालतको निर्णयबाट राहत पाएको बताइन् ।

No comments:
Post a Comment
Thanx for your comment