Thursday, June 7, 2012

‘उद्योगको व्यवस्थापन भए तीस प्रतिशत ऊर्जा संरक्षण’

नारायणगढ । देशमा ऊर्र्जासंकट चुलिरहेका बेला उद्योगहरुको व्यवस्थापन राम्रोसँग गर्नसके २० देखि ३० प्रतिशत ऊर्र्जा संरक्षण गर्न सकिने ऊर्र्जा दक्षता केन्द्रले जनाएको छ ।
बिहीबार उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ‘औद्योगिक क्षेत्रमा प्रयोग गरिने ऊर्र्जाको दक्षता र आधाररेखाको अध्ययन’ विषयक कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै केन्द्रका प्रतिनिधि भीष्म पण्डितले यस्तो बताउनुभएको हो ।
‘उद्योगमा ऊर्र्जा दक्षताको अवसर’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उहाँले भन्नुभयो, ‘हामीले नेपालभर अनुसन्धान गरिएका उद्योगमा अधिकमात्रामा ऊर्र्जाको खपत भइरहेको छ, जसलाई सही व्यवस्थापनका माध्ययमबाट २० देखि ३० प्रतिशतसम्म संरक्षण गर्न सकिन्छ ।’ आवधिक रुपमा हरेक उद्योगहरुले ऊर्र्जाको लेखा परीक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा ‘ऊर्र्जा दक्षता केन्द्र र नेपालमा ऊर्र्जा दक्षता सम्बन्धी कार्यक्रम’ विषयक अर्को कार्यपत्र प्रस्तुत गर्दै डा. उत्तम कुँवरले नेपालका उद्योगमा प्रयोग भइरहेको ऊर्र्जाबाट १५ प्रतिशत र थर्मल ऊर्र्जा ३० प्रतिशत बराबर बचत गर्न सकिने बताउनुभयो । ऊर्र्जा दक्षता केन्द्रले ३६० वटा उद्योगमा गरेको अनुसन्धानमा यो पत्ता लागेको उहाँले जानकारी दिनुभयो ।
नेपाल ऊर्र्जा उत्पादनका दृष्टिले पहिलो भएपनि उत्पादन शक्तिको एक प्रतिशतमात्र ऊर्र्जा उत्पादन भएको उहाँले बताउनुभयो । हाल नेपालमा चार हजार ३१० ठूला तथा मझौला उद्योगहरु रहेका छन् भने आठ हजार घरेलु तथा साना उद्योगहरु संचालनमा रहेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ, ऊर्र्जा दक्षता केन्द्र तथा जीआईजेडको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी